प्रधानमन्त्रीको गृह जिल्लामा पनि चर्कियो जेनजीको आन्दोलन, दमक नगरपालिका कब्जा
भदौ २३, २०८२ १३:४१
तस्वीरः झापा न्युज टिभी
काठमाडौँ । प्रधानमन्त्रीको गृह जिल्ला झापामा पनि युवाहरुको आन्दोलन चर्किएको छ । युवाहरुको दमक नगरपालिका नै कब्जा गरेका छन् ।
नगरपालिका परिसरमा रहेका सवारीसाधनमाथि आगजनी भएको छ । प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रग्यास र गोली चलाउँदा प्रदर्शनकारी युवा घाइते भएका छन् । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध युवाहरु काठमाडौँसँग देशका प्रमुख सहरहरुमा आन्दोलित बनेका छन् ।
उनीहरुले भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल बनेको भन्दै चर्को असन्तुष्टि जनाइरहेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १३:४१
