close

सरकारले भन्यो- सबै हेलिकप्टर तयारी अवस्थामा राख्नू

टेकपाना टेकपाना

असोज १८, २०८२ २०:१

सरकारले भन्यो- सबै हेलिकप्टर तयारी अवस्थामा राख्नू

काठमाडौँ​ । सरकारले सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । २० असोजसम्म कोशीदेखि गण्डकी प्रदेशसम्म भारी वर्षाको पूर्वानुमान रहेको र वर्षाका कारण हुने विपद्बाट प्रभावितको खोज तथा उद्धारको लागि हेलिकप्टरको आवश्यक पर्ने भएकाले तयारी अवस्थामा राख्न गृह मन्त्रालयले अनुरोध गरेको हो ।

वायु सेवा सञ्चालक संघ नेपाललाई पत्र पठाएर मन्त्रालयले विपद्बाट प्रभावितको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्ने कार्यको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबिच भएको सम्झौता अनुसार आवश्यकता अनुसार लिखित वा मौखिक अनुरोधमा परिचालन हुनेगरी सबै हेलिकप्टर तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

कोशीदेखि गण्डकी प्रदेशसम्मका धेरैजसो ठाउँमा गए रातिदेखि वर्षा भइरहेको छ । ठाउँ ठाउँमा बाढीले सतर्कताको तह पार गरेका छन् । सम्भावित जोखिम कम गर्न भन्दै सरकारले तीन दिनसम्म काठमाडौँ आउजाउ गर्ने सडक बन्द गर्ने निर्णय गरेको छ । यस्तै, भोलि र पर्सि सार्वजनिक बिदा दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८२ २०:१