इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ह्वाट्सएप ह्याक, मेसेज गर्दै पैसा माग्दै
कात्तिक १५, २०८२ १५:२
काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ । उनको नेपाली नम्बरबाट मेसेज पठाएर विभिन्न व्यक्तिसँग पैसा माग्न थालिएपछि ह्याक भएको कुरा बाहिरिएको हो ।
परराष्ट्र बिटमा काम गर्दै आएका नयाँ पत्रिकाका पत्रकार पर्शुराम काफ्लेले उक्त नम्बरबाट आफूसँग ५० हजार रुपैयाँ मागिएको बताए । उनका अनुसार पण्डितको नेपाली नम्बरको ह्वाट्सएप ह्याक भएको हो ।
राजदूत पण्डितले आफ्नो नम्बरबाट यस किसिमका मेसेज आएमा बेवास्ता गर्न अनुरोध गरेका छन् । पैसा माग्न ह्याकरले सुरेन्द्र कहरको नाममा सिटिजन्स बैँकमा रहेको खाता नम्बर तथा त्यसको क्यूआर प्रयोग गरिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ १५:२
