close

दैनिक १० वटा निःशुल्क एसएमएस लगायतका एनसेल एपका आकर्षक सुविधा, जसले पुर्‍यायो १ करोड डाउनलोड

टेकपाना टेकपाना

मंसिर २२, २०८२ १२:७

दैनिक १० वटा निःशुल्क एसएमएस लगायतका एनसेल एपका आकर्षक सुविधा, जसले पुर्‍यायो १ करोड डाउनलोड

काठमाडौँ । एनसेलको मोबाइल एपले हालै १० मिलियन अर्थात् १ करोड डाउनलोडको आँकडा पार गरेको छ । यो कोसेढुङ्गो पार गरेको अवसरमा एनसेलले १० दिनसम्म हरेक दिन १० जना प्रयोगकर्ताहरूलाई १० जीबी डेटा दिने अभियान पनि चलाएको छ ।

कम्पनीले यसलाई ग्राहकहरूको डिजिटल यात्रालाई सहज बनाउनको लागि 'एकदम आवश्यक सेल्फ-केयर एप' भनेको छ । यहाँ हामीले एनसेल एपमा रहेका त्यस्ता मुख्य फिचरहरूको बारेमा चर्चा गरेका छौँ, जसले यो एपलाई १ करोड प्रयोगकर्ताको रोजाइको विषय बनाएका छन् ।

१. प्याक खरिद गर्न सहज

एनसेल एपमा उपलब्ध सबैभन्दा महत्त्वपूर्ण सुविधा भनेको प्याकहरू खरिद गर्नु हो । ग्राहकले कोड डायल गर्नुको सट्टा केही ट्यापमै डेटा प्याक, भ्वाइस प्याक र अन्य सेवाहरू खरिद गर्न सक्छन् । एपले सेवाहरूलाई केही क्लिकमै उपलब्ध गराएर ग्राहक सेवालाई सरल बनाएको छ ।

होम स्क्रिनमा नै बेस्ट अफरहरू (Best Offers) देख्न सकिन्छ । जसमा *१७१२३# डायल गर्दा पनि पाउन नसकिने विशेष अफरहरू समेत रहेका हुन्छन् ।

२. आफू र अरूका लागि रिचार्ज

प्रयोगकर्ताहरूले यसबाट आफ्नो वा साथी तथा परिवार र आफन्तको मोबाइल नम्बरमा सजिलै अनलाइन रिचार्ज गर्न पनि सक्छन् । पोस्टपेड ग्राहकहरूले पनि एपबाटै आफ्नो बिल तिर्ने व्यवस्था मिलाइएको छ । रिचार्ज गर्नका लागि पेमेन्ट गेट-वेको रूपमा कनेक्ट आईपीएस, इसेवा, खल्ती, विभिन्न मोबाइल बैँकिङका साथै भिसा, मास्टर कार्ड, युनियन पे जस्ता विकल्प उपलब्ध छन् ।

३. दैनिक रिवार्ड र गेमिफिकेसन

दैनिक चेक-इन, स्पिन एन्ड विन, स्क्र्याच एन्ड विन र रिसोर्स एक्स्चेन्ज जस्ता सुविधाका कारण मानिसहरू भुक्तानी गर्न मात्र नभई अनलाइन/अफलाइन गेम खेल्न र नियमित रूपमा पुरस्कार प्राप्त गर्न यो एप प्रयोग गरिरहेका हुन्छन् ।

४. निःशुल्क एसएमएस

एनसेल एपमार्फत प्रयोगकर्ताले एनसेलबाट एनसेल नम्बरमा दैनिक १० वटासम्म निःशुल्क एसएमएस पठाउन सक्छन् । यो सुविधा प्रयोग गरेर एप मार्फत लाखौँ निःशुल्क एसएमएस पठाइने गरेको कम्पनीले जनाएको छ । जुन विशेष गरी कम ब्यालेन्स भएका प्रयोगकर्ताहरूका लागि उपयोगी छ ।

५. अरूलाई मद्दत गर्न सकिने

ब्यालेन्स ट्रान्सफर, गिफ्टको रूपमा प्याक उपहार दिने वा क्रेडिट मि नामक ब्यालेन्स अनुरोध (request balance) गर्ने जस्ता फिचरले साथीभाइ र परिवारलाई मद्दतका लागि निकै उपयोगी छ । प्रयोगकर्ताहरूले साथीहरूलाई प्याक खरिदका लागि रिफर गर्ने भएकाले पनि एपको डाउनलोड वृद्धि भएको हो । रिफर गरिएका प्याकहरू खरिद भएको खण्डमा एनसेलले १ जीबीसम्म डेटा निःशुल्क उपलब्ध गराउँछ ।

६. कल तथा प्रयोगको इन्साइट

प्रयोगकर्ताहरूले ग्राहक सेवामा कल गर्नुको सट्टा एपमा गएर आफैँले आफ्नो प्रयोग, कल डिटेल, स्टेटमेन्ट र मिसकल जाँच गर्न सक्छन् ।

यसबाट प्रयोगकर्ताहरूले आफ्नो हालको ब्यालेन्स, बाँकी डेटा भोलुम र भ्वाइस प्याक सजिलै जाँच गर्न सक्छन् । यसका साथै, प्रयोगकर्ताहरूले आफ्नो उपयोग, सब्सक्रिप्सन र सक्रिय प्याकहरू ट्र्याक गर्न सक्छन् ।

७. स्मार्ट टुल

मिति रूपान्तरण (Date converter), विनिमय दर (exchange rate) र आपत्कालीन सम्पर्क नम्बर जस्ता साना तर नेपाली जीवनसँग जोडिएका सुविधाहरूले एपलाई अन्य हिसाबले पनि सान्दर्भिक बनाएको छ ।

८. नि:शुल्क वेलकम उपहार

एनसेलले पहिलो पटक एप डाउनलोड गर्दा प्रयोगकर्ताहरूलाई ७ दिनको लागि १ जीबी डेटा प्याक उपलब्ध गराउँदै आएको छ । यो एप एनसेल नेटवर्कभित्र चलाउँदा कुनै पनि डेटा शुल्क लाग्दैन । तर एपमा रहेको एनसेल स्टोर लोकेटर म्याप र रिडाइरेक्ट गरिएका पेजहरूमा भने स्ट्यान्डर्ड डेटा ट्यारिफ लागु हुन्छ

९. सपटी सुविधा

ब्यालेन्स कम हुँदा एपबाटै सपटी लिन सकिन्छ । जसमा ४० रुपैयाँ ब्यालेन्स लोन र ९९ रुपैयाँसम्मको अनलिमिटेड डेटा लोन उपलब्ध छ ।

१०. एनसेल माया-एआई

नयाँ अपडेटको रूपमा एनसेल एपमा माया-एआई च्याटबट उपलब्ध गराइएको छ । मायाले ब्यालेन्स जाँच, सेवाहरूको बारेमा जानकारी र रिचार्जमा सहयोग गर्न सक्छ । यो फिचर लाइभ सपोर्टको नाममा उपलब्ध गराइएको छ ।

११. ई-सिमका लागि अनुरोध

एनसेल एपबाटै ई-सिमका लागि अनुरोध पठाउन सकिने व्यवस्था पनि मिलाइएको छ । त्यसका लागि आवश्यक विवरण सहितको फाराम भर्नुपर्ने हुन्छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८२ १७:२४