close

एभरेस्ट बैँकको अनलाइन तथा मोबाइल बैङ्किङ १० देखि १२ पुससम्म नचल्ने

टेकपाना टेकपाना

पुस ६, २०८२ १८:१

एभरेस्ट बैँकको अनलाइन तथा मोबाइल बैङ्किङ १० देखि १२ पुससम्म नचल्ने

काठमाडौँ । एभरेस्ट बैँकको अनलाइन र मोबाइल बैङ्किङ दुई दिनसम्म नचल्ने भएको छ । १० देखि १२ पुससम्म बैँकको अनलाइन र मोबाइल बैङ्किङ सम्बन्धी सबै सेवाहरू अवरुद्ध हुने भएका हुन् । 

बैँकले हाल प्रयोग गरिरहेको कोर बैङ्किङ प्रणाली (CBS-Finacle) मा परिष्कृत सेवा प्रदान गर्न १० पुसदेखि स्तरोन्नतिको काम हुन लागेकाले अनलाइन र मोबाइल बैङ्किङ दुई दिनसम्म अवरुद्ध हुन लागेको जनाएको छ ।

११ पुसमा बैँकका सबै शाखा/काउन्टर (वीरगञ्ज र नेपालगञ्ज भन्सारमा रहेका कार्यालय बाहेक) समेत बन्द हुनेछन् । यस्तै, बैँकका एनसीएचएल ईसीसी, एनआरबी आरटीजीएस सेवा पनि ११ पुसमा बन्द रहने जनाइएको छ । 

बैँकका अनुसार उक्त मितिमा एटीएम, कनेक्ट आईपीएस सेवा भने बन्द हुने छैनन् । उक्त मितिमा भएको कारोबारको एसएमएस र ईमेल अलर्ट पनि नआउने जानकारी बैँकले दिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८२ १३:५२