close

फ्याक्टचेक: के पूर्वराजाले भारतीय प्रधानमन्त्रीलाई भेटेका हुन् ? यस्तो छ भाइरल फोटोको यथार्थ

उन्‍नत सापकोटा उन्‍नत सापकोटा

पुस ७, २०८२ १८:४४

फ्याक्टचेक: के पूर्वराजाले भारतीय प्रधानमन्त्रीलाई भेटेका हुन् ? यस्तो छ भाइरल फोटोको यथार्थ

 

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शिष्टाचार भेट भएको भन्दै अहिले सामाजिक सञ्जालमा एक फोटो भाइरल भइरहेको छ । विशेषगरी फेसबुक र टिकटकमा पूर्वराजा शाह र भारतीय प्रधानमन्त्री मोदीको भेट भएको दाबीसहितका पोस्ट फैलिएका छन् ।

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानबाट ती तस्बिर तोडमोड तथा आफू अनुकूल सम्पादन गरी तयार पारिएको पुष्टि भएको छ ।

दाबी 

‘हृदयन्द्र शाह समर्थक’ नामक फेसबुक प्रोफाइलले २१ डिसेम्बर, २०२५ (आइतबार) मध्यान्ह १२:०७ बजे एउटा फोटोसहितको पोस्ट राखेको छ । पोस्टमा लेखिएको छ, #OMG , Breaking News भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालको राजा ज्ञानेन्द्र वीर विक्रम शाह बीच भेटवार्ता ।” फोटोमा पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उभिएर फोटो खिचेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १६ सय रियाक्सन, १२७ कमेन्ट आएका छन् भने ८५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

सामाजिक सञ्जालहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको दाबी गर्दै फैलिएका पोस्टको सत्यता खोज्न थाल्यो । त्यसक्रममा पूर्वराजा शाह र मोदी देखिएको तस्बिरमा कपीराइटको लोगोसहित ‘नेपाल फुलिस’ (©NepalFoolish) नामको फेसबुक आईडीबाट आइतबार बिहान ११:४० बजे राखेको भेटियो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।  त्यसैलाई राजावादी तथा अन्य सञ्जाल प्रयोगकर्ताले पछ्याउँदै आफू अनुसार क्याप्सन राखी पोस्ट गरेका छन् ।

यस्तै, आफ्नो बायोमा ‘राजावादी संस्था शाही युवा शक्ति, नेपाल’ का संस्थापक केन्द्रीय अध्यक्ष पशुपति खड्का उल्लेख गर्ने फेसबुक प्रयोगकर्ताले ‘Photo by Nepal foolish’ भनेर स्रोत दिँदै पूर्वराजा ज्ञानेन्द्र शाह र मोदीबिच शिष्टाचार भेट भएको र यसले नेपाली जनताको स्वाभिमान उठेको आशयसहित पोस्ट गरेका छन् । 

हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा आठ हजार बढी रियाक्सन, ६५१ कमेन्ट आएका छन् भने ३२१ पटक शेयर भएको छ । 

टिकटक प्रयोगकर्ता अन्जन खड्काले ‘पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको भेटले नेपालका प्रमुख राजनीतिक दलहरूलाई तर्सायो’ भन्दै भिडिओ अपलोड गरेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।