close

त्रिविका अनलाइन सेवा प्रयोग गर्न सिकाउने युट्युव च्यानल सञ्चालनमा

टेकपाना टेकपाना

माघ १७, २०८२ १५:५१

त्रिविका अनलाइन सेवा प्रयोग गर्न सिकाउने युट्युव च्यानल सञ्चालनमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले विद्यार्थी तथा क्याम्पसहरूको सुविधाका लागि आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएको छ । हालै एक सूचना जारी गर्दै पनिकाले प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई विभिन्न प्रक्रिया र सूचनाका बारेमा जानकारी दिन च्यानल सुरु गरिएको जनाएको हो ।

TU Office of the Controller of Examinations’ नामको उक्त युट्युब च्यानलमार्फत त्रिविका विभिन्न अनलाइन सेवाहरू प्रयोग गर्ने तरिकाबारे जानकारीमूलक भिडिओहरू उपलब्ध गराइनेछ । विशेषगरी अनलाइन रजिस्ट्रेसन गर्ने, परीक्षा फारम भर्ने, नतिजा हेर्ने प्रक्रिया र क्याम्पस पोर्टलको प्रयोगका बारेमा भिडिओमार्फत सिकाउने पनिकाको उद्देश्य छ ।

च्यानलमा टीयू भीपीएन इन्स्टल गर्ने, कन्फिगर गर्ने र एक्सेस गर्ने तरिकाका साथै त्रिवि रजिस्ट्रेसन प्रक्रिया र अन्य प्राविधिक विषयसँग सम्बन्धित भिडिओहरू अपलोड गरिसकिएको छ । यस पहलले विद्यार्थी र क्याम्पसहरूलाई कार्यालयका अनलाइन सेवा झन्झटरहित रूपमा प्रयोग गर्न ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

युट्युब च्यानललाई पनिकाको आधिकारिक वेबसाइट exam.tu.edu.np बाट पनि सिधै एक्सेस गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: माघ १७, २०८२ १७:३६