close

केन्टका २९ जना डिलर प्रतिनिधि आईसीसी टी-२० विश्वकप हेर्न मुम्बई प्रस्थान

टेकपाना टेकपाना

फागुन ५, २०८२ १६:१५

केन्टका २९ जना डिलर प्रतिनिधि आईसीसी टी-२० विश्वकप हेर्न मुम्बई प्रस्थान

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको प्रसिद्ध ब्रान्ड 'केन्ट मिनिरल आरओ'ले आफ्ना २९ जना डिलर प्रतिनिधिलाई आईसीसी टी-२० विश्वकप क्रिकेट प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरेको छ । कम्पनीले मुम्बईको वानखेडे स्टेडियममा मंगलबार साँझ ७ः१५ बजेदेखि हुने नेपाल र स्कटल्याण्डबिचको खेल प्रत्यक्ष हेर्नका लागि डिलर प्रतिनिधिहरूलाई त्यसतर्फ लगेको हो ।

डिलरहरूका लागि कम्पनीले तीन रात र चार दिनको विशेष मुम्बई भ्रमण प्याकेज उपलब्ध गराएको छ। यस प्याकेज अन्तर्गत काठमाडौं-मुम्बई-काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईका प्रतिष्ठित तारे होटलमा बसोबास तथा भोजनको पूर्ण व्यवस्था गरिएको छ ।

साथै, मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन (सिटी टुर) र वानखेडे स्टेडियममा हुने खेलका लागि विशिष्ट श्रेणीको (भीआईपी) टिकटसमेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

केन्ट मिनिरल आरओ शुद्ध पानीका लागि एक विश्वसनीय ब्रान्डका रूपमा परिचित छ । अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध एवं सुरक्षित पिउने पानी उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ १६:१६