close

म्याद थपको बहसका लागि केपी शर्मा ओली भर्चुअल माध्यमबाट अदालतमा उपस्थित

टेकपाना टेकपाना

चैत १५, २०८२ १३:२८

म्याद थपको बहसका लागि केपी शर्मा ओली भर्चुअल माध्यमबाट अदालतमा उपस्थित

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भिडिओ कन्फ्रेन्समार्फत भर्चुअल्ली अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहानै भक्तपुरको गुन्डुबाट पक्राउ परेका ओलीको म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा भर्चुअल रूपमा उपस्थित गराइएको हो ।

शनिबार बिहान भएको पक्राउ पुर्जीको समर्थन र म्याद थप गरेर दुई ओटा विषयमा आदेशका लागि काठमाडौँ जिल्ला अदालतमा बहस भइरहेको जिल्ला सरकारी वकिल कार्यालयका सह-न्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले जानकारी दिए । 

उनका अनुसार हाल केपी शर्मा ओली अदालतमा लाइभ कनेक्टेड नै छन् । उनले भने, “उहाँले श्रीमान समक्ष आफ्नो बयान दिइसक्नु भएको छ । अहिले पनि उहाँ कनेक्टेड नै हुनुहुन्छ।  केही परे फेरि पनि बयान लिन सकिने अवस्थामा नै हुनुहुन्छ ।” 

भदौ २३ गते भएको जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनले ओली माथि कारबाही सिफारिस गरेको थियो । सोही प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रीपरिषद्‌ले गरेसँगै ओली शनिबार बिहानै पक्राउ परेका थिए । हाल उनी स्वास्थ्य अवस्थामा समस्या देखिएका कारण त्रिभुवन शिक्षण अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य अवस्थाकै कारण उनलाई अनलाइन कन्फ्रेन्स मार्फत अदालतमा उपस्थित गराइएको बताइएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत १५, २०८२ १३:२८