close

आउँदो हप्ता नेपालमा सार्वजनिक हुँदै भिभोको फ्ल्यागशिप स्मार्टफोन भिभो भि-७०, कति होला मूल्य ?

टेकपाना टेकपाना

चैत १९, २०८२ १२:४९

आउँदो हप्ता नेपालमा सार्वजनिक हुँदै भिभोको फ्ल्यागशिप स्मार्टफोन भिभो भि-७०, कति होला मूल्य ?

काठमाडौँ । भिभोले आफ्नो आउँदै गरेको फ्ल्यागशिप स्मार्टफोन भिभो भी-७० को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ । कम्पनीले ‘जाईस पोट्रेट सो प्रो’ को नयाँ अवधारणासहित टेलिफोटो प्रविधि र मोबाइल फोटोग्राफीमा केन्द्रित भी-७० ल्याउन लागेको हो ।

प्रिमियम डिजाइन र एड्भान्स इमेजिङ क्षमतामा केन्द्रित रहेको भी*७०, भिभोको निरन्तर इनोभेसनको अर्को कोसेढुङ्गा हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ । भिभो भी-७० को मुख्य आकर्षण भनेको भिभो र जाईसबिचको सहकार्यको नयाँ अध्याय पनि हो ।

यसमा ५० मेगापिक्सेलको जाईस सुपर टेलिफोटो क्यामरा रहने चर्चा छ । जसले टाढाबाट खिचिएका तस्बिरहरूमा पनि उच्च स्पष्टता र सटीकता प्रदान गर्नेछ । त्यस्तै यसको जुम क्षमतालाई थप प्रभावकारी बनाउन ‘एआई स्टेज मोड’ उपलब्ध हुनेछ । जुन विशेषगरी कन्सर्टको जटिल लाइटिङ र स्टेज वातावरणमा प्रभावकारी हुने कम्पनीले जनाएको छ ।

यस्तै भिभो भी-७० मा 4K60 FPS भिडिओ रेकर्डिङको सुविधा हुने जनाइएको छ । जसले भी सिरिजमै पहिलो पटक प्रोफेसनल सिनेम्याटिक अनुभव ल्याउनेछ । यसले प्रयोगकर्तालाई लाइभ प्रस्तुतिदेखि तीव्र गतिका दृश्यहरूसम्मको भिडिओ सहज गति र सिनेम्याटिक विवरणका साथ कैद गर्ने विकल्प दिनेछ ।

डिजाइनको हकमा पनि भिभो भी-७० ले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ । यसमा ‘एरोस्पेस–ग्रेड आल्मुनियम अलोय फ्रेम’ प्रयोग गरिएको छ, जसले बलियो संरचनासँगै प्रिमियम मेटालिक फिनिस दिने दाबी गरिएको छ । भिभोको सिग्नेचर फ्ल्याट डिस्प्ले र आकर्षक डिजाइनले आधुनिक सौन्दर्य र सहज प्रयोगबिच सन्तुलन कायम गर्ने कम्पनीको भनाइ छ ।

भी-७० मार्फत भिभोले इमेजिङलाई अझ अभिव्यक्तिपूर्ण, डिजाइनलाई अझ आत्मविश्वासी र प्रदर्शनलाई अझ शक्तिशाली बनाउने लक्ष्य राखेको छ । फोनका अधिकांश विवरणहरू अझै गोप्य राखिएका छन् । भिभो भी-७० का सम्पूर्ण फिचर, मूल्य, र आकर्षक अफर आगामी ७ अप्रिलमा हुने आधिकारिक लन्च कार्यक्रममा मात्र सार्वजनिक हुनेछन् ।

भारतीय बजारमा यसको सुरुवाति मूल्य ४५ हजार ९९९ भारु (७३ हजार ५९८ नेपाली रुपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८२ १२:५४