अनरका नयाँ २ स्मार्टफोन र १ ट्याब्लेट नेपाली बजारमा, फोन प्रि-बुकिङ गर्दा ट्याब्लेट सित्तै
चैत २६, २०८२ १२:४९
काठमाडौँ । अनरले आफ्नो बहुप्रतिक्षित 'म्याजिक अफ ८' (Magic of 8) सिरिज अन्तर्गतका नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीले शक्तिशाली प्रर्फर्मेन्स, अत्याधुनिक एआई (एआई) र आकर्षक डिजाइनको सम्मिश्रणका साथ अनर म्याजिक ८ प्रो, अनर एक्स ८ डी र अनर प्याड एक्स ८ बी नेपाली बजारमा ल्याएको हो ।
यो सिरिजको मुख्य आकर्षणको रूपमा रहेको अनर म्याजिक ८ प्रो विशेष गरी उत्कृष्ट प्रविधि चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको छ । यसमा २०० एमपीको अल्ट्रा-क्लियर मुख्य क्यामेरा रहेको छ, जसले हरेक विवरणलाई स्पष्टताका साथ कैद गर्दछ ।
यस फोनमा पछिल्लो स्न्यापड्रागन ८ इलाइट जेन ५ (Snapdragon 8 Elite Gen 5) प्रोससर जडान गरिएको छ । साथै यसमा लामो समयसम्म पावर ब्याकअप दिन ७,१०० एमएएचको पावरफुल ब्याट्री राखिएको छ ।
अनरको एडभान्स्ड एआई अनुभव अन्तर्गत यसमा एआई स्क्रिन सजेसन, एआई फोटो एजेन्ट र एआई सेफ्टी इन्हान्समेन्ट जस्ता सुविधाहरू उपलब्ध छन् ।
१२+५१२ जीबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । विशेष अफर अन्तर्गत यो फोन प्रि-बुक गर्ने ग्राहकहरूले अनर प्याड एक्स ८ बी निःशुल्क प्राप्त गर्नेछन् ।
स्टाइलिस लुक्स र शक्तिशाली ब्याट्री चाहनेहरूका लागि अनर एक्स ८ डी उत्कृष्ट विकल्प हो । यो फोन अल्ट्रा-स्लिम डिजाइनमा उपलब्ध छ । यसमा २ मिटरको 'ड्रप रेसिस्टेन्स' (खस्दा नफुट्ने) र आईपी ६५ के (IP65K) वाटर रेसिस्टेन्स क्षमता रहेको छ ।
यसमा ७००० एमएएचको ब्याट्री र ४५ वाटको फास्ट चार्जिङ सुविधा छ । यो फोनमा स्मार्ट एआई बटन पनि दिइएको छ, जसले एआई समरी, सर्कल टु सर्च (Circle to Search), एआई सुपर जुम, एआई इन्हान्स्ड जुम र एआई इरेजर जस्ता फिचरहरूमा तुरुन्त पहुँच दिन्छ ।
१०८ एमपीको मुख्य क्यामेरा रहेको यो फोन दुईवटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । जसमध्ये ८ जीबी + १२८ जीबीको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबीको ४३ हजार ९९९ रुपैयाँ रहेको छ ।
यसको खरिदमा ग्राहकहरूले ३,९९९ रुपैयाँ बराबरको अनर च्वाइस इयरबड्स एक्स ७ ई उपहार स्वरूप प्राप्त गर्नेछन् । यद्यपि यो अफर सीमित अवधिका लागि मात्र लागु हुने बताइएको छ ।
अनरले आफ्नो ट्याब्लेट सिरिज अन्तर्गत अनर प्याड एक्स ८ बी पनि सार्वजनिक गरेको छ । जुन ३ वटा भेरियन्टमा उपलब्ध छ । जसमध्ये ४+१२८ जीबी (वाई-फाई) को मूल्य २९,९९९ रुपैयाँ, ४+१२८ जीबी (एलटीई) को मूल्य ३२,९९९ रुपैयाँ र ८+१२८ जीबी (एलटीई) को मूल्य ३९,९९९ रुपैयाँ राखिएको छ । यो ट्याब्लेटको खरिदमा अनर प्याड एक्स ८ बी कभर निःशुल्क प्राप्त हुनेछ र यसमा ०% ईएमआईको सुविधा पनि उपलब्ध छ ।
'म्याजिक अफ ८' सिरिजका यी सबै उत्पादनहरू नेपालभर रहेका अनरका आधिकारिक स्टोरहरूमा उपलब्ध छन् ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८२ १२:४९
