close

उन्नत फिल्ट्रेसन र क्यूआर कोडमार्फत पानीको शुद्धता अनुगमन गरिने, देशभर प्रयोगशाला सञ्जाल स्थापना हुने

टेकपाना टेकपाना

जेठ १५, २०८३ १७:१४

उन्नत फिल्ट्रेसन र क्यूआर कोडमार्फत पानीको शुद्धता अनुगमन गरिने, देशभर प्रयोगशाला सञ्जाल स्थापना हुने

काठमाडौँ । सरकारले नागरिकलाई स्वच्छ र सुरक्षित पिउने पानी सुनिश्चित गर्न प्रविधिमा आधारित नयाँ योजना अघि सारेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आधुनिक प्रविधिको प्रयोग गरी पानीको गुणस्तर सुधार्ने र त्यसको डिजिटल अनुगमन गर्ने बताएका हुन् ।

बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले देशभर उन्नत फिल्ट्रेसन प्रविधिको प्रयोगलाई बढावा दिने र राष्ट्रव्यापी रूपमा 'पानी परीक्षण प्रयोगशाला सञ्जाल' स्थापना गर्ने लक्ष्य प्रस्तुत गरे ।

अर्थमन्त्री डा. वाग्लेले भने, “उन्नत फिल्ट्रेसन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्नेछौँ ।”

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १७:१४