close

गृह मन्त्रालयले ल्यायो ‘हेलो गृह कल सेन्टर’, गुनासा र सुझाव क्यूआर गरेर पनि टिपाउन सकिने

टेकपाना टेकपाना

असार ५, २०८३ २२:०

गृह मन्त्रालयले ल्यायो ‘हेलो गृह कल सेन्टर’, गुनासा र सुझाव क्यूआर गरेर पनि टिपाउन सकिने

काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझाव संकलन गर्न ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउन गुनासो व्यवस्थापन शाखाअन्तर्गत उक्त कल सेन्टर स्थापना गरिएको जनाएको हो ।

सर्वसाधारणले टोल फ्रि नम्बर १११२ मा फोन गरेर, [email protected] मा इमेल पठाएर वा ९८५१३६०६०३ नम्बरमा (ह्वाट्सएपसहित) मा सम्पर्क गरेर गृह मन्त्रालयसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझाव टिपाउन सक्नेछन् । साथै, मन्त्रालयले क्यूआर कोड स्क्यान गरेर पनि गुनासा तथा सुझाव दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

मन्त्रालयले यस व्यवस्थाबाट नागरिकका गुनासा तथा सुझावलाई व्यवस्थित रूपमा संकलन गरी सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरेको छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८३ २२:१४