close

दुई घण्टामा क्यूआरसहितको खोप कार्ड पाइने

टेकपाना टेकपाना

भदौ १०, २०७८ ८:४३

दुई घण्टामा क्यूआरसहितको खोप कार्ड पाइने

काठमाडौं । सरकारले दुईदेखि तीन घण्टामा क्यूआरसहितको खोप कार्ड वितरण गर्ने व्यवस्था मिलाएको छ । आकस्मिक रुपमा विदेश जानेहरुका लागि लक्षित गर्दै सरकारले तत्कालै खोप कार्ड उपलब्ध गराउने भएको हो ।

स्वास्थ्य विभाग अन्तर्गतको स्वास्थ्य सूचना तथा खोप केन्द्रले आज साँझ वा भोलि विहान नै कोही विदेश जानु परे अनलाइन फर्म भरेर रजिस्ट्रेसन नम्बर लिएर आएको खण्डमा दुईदेखि तीन घण्टाभित्रै खोप कार्ड उपलब्ध गराउन थालेकाे हाे ।

केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. दीपक झाले यसका लागि टेकुस्थित स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखामा सम्पर्क गर्न सकिने बताए ।

यसैबीच वैदेशिक रोजगारमा जाने श्रमिकले अबदेखि वैदेशिक क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले ईमेलमार्फत पठाउने व्यवस्था गरेसँगै अब सेवाग्राहीलाई लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

हालसम्म झण्डै ३२ हजारले क्यूआरसहितको खोप कार्ड लिइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१