close

मोबाइल वालेट कारोबारमा नयाँ कीर्तिमान, महिना दिनमै १३ अर्बको भुक्तानी

टेकपाना टेकपाना

भदौ १०, २०७८ १७:५४

मोबाइल वालेट कारोबारमा नयाँ कीर्तिमान, महिना दिनमै १३ अर्बको भुक्तानी

काठमाडौं । डिजिटल वालेटको कारोबारले नयाँ रेकर्ड राखेको छ । गएको असार महिनामा वालेट कारोबारले अहिलेसम्मकै उच्चतम् मूल्यको कारोबार कायम गरेको हुन् ।

नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशन गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गएको असार महिनामा मात्रै डिजिटल वालेटबाट कूल १२ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यस अघि गत चैत महिनामा वालेटले उच्चतम् रेकर्ड कायम गरेका थिए । त्यस समयमा सबै वालेटको कूल कारोबार ११ अर्ब दुई करोड १० लाख रुपैयाँ रहेको थियो ।

समग्रमा एक वर्षको अवधिमा (आर्थिक वर्ष २०७७/०७८) मा एक खर्ब १४ अर्ब ४३ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । जुन भर्षभर भएका १२ करोड ४९ लाख ४५ हजार ९९ ओटा कारोबारमा भुक्तानी भएको रकम हो ।

कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, क्यूआर कोडमा आधारित भुक्तानी आदिका बावजुत वालेटको कारोबार बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म वालेट तथा भुक्तानी सेवा प्रदायकका लागि २८ ओटा कम्पनीले अनुमतिपत्र लिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१