close

अनलाइनमा दुई हप्ते ग्राफिक डिजाइन कोर्ष सञ्चालन हुँदै

टेकपाना टेकपाना

भदौ १२, २०७८ १२:५३

अनलाइनमा दुई हप्ते ग्राफिक डिजाइन कोर्ष सञ्चालन हुँदै

काठमाडौं । एसईई उत्तीर्ण विद्यार्थीका लागि दुई हप्ते ग्राफिक डिजाइन क्र्यास कोर्ष सञ्चालन हुने भएको छ ।

कोरोना महामारीको समयमा विद्यार्थीहरू घरमै बस्नुपरेको कुरालाई मध्यनजर गर्दै पिहु टेक्नाेलाेजी प्रालिले अर्को महिनादेखि अनलाइन तालिम प्रदान गर्न लागेको हो ।

तालिमको पहिलो हप्ता विद्यार्थीहरूलाई ग्राफिक डिजाइनको बेसिक कोर्स दिइनेछ भने दोस्रो हप्ता विभिन्न प्रोजेक्टहरू गर्न दिइने पिहुले जनाएको छ ।

दुई हप्ते तालिममा सहभागी हुन ९९९ रुपियाँ दस्तुर तिर्नुपर्ने छ । यसबारे थप बुझ्न ९८१८२३७२०९ मा सम्पर्क गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१