डिग्रीसँगै ३ वर्षको कार्य अनुभव दिने रेडियन्ट कलेज, यसपालिदेखि बीआईटी पनि पढाउँदै
असार ११, २०८३ ९:४६
काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित रेडियन्ट कलेजमा ब्याचलर्स इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम अध्यापन सुरु हुने भएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले चालु शैक्षिक सत्रदेखि बीआईटी सञ्चालनका लागि अनुमति पाएसँगै भर्ना खुला गरेको हो ।
कलेजका प्रिन्सिपल अनन्त पाण्डेका अनुसार यसअघि ‘बीटेक इन एड आईटी’ (B.Tech. Ed. IT) अध्यापन गराउँदै आएको कलेजले यस वर्षदेखि बीआईटी थप गरेको हो । बीआईटीका लागि कुल ३० सिट निर्धारण गरिएको छ, जसमा काठमाडौं विश्वविद्यालयको नियमानुसार १० प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउनेछन् ।
बीआईटी अध्ययनका लागि विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण वा सो सरहको शैक्षिक योग्यता भएका विद्यार्थीहरू योग्य हुनेछन् । जुनसुकै संकायबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीले भने ‘बीटेक इन एड आईटी’ मा भर्ना लिन सक्नेछन् । काठमाडौं विश्वविद्यालयले लिने प्रवेश परीक्षामा सहभागी भएर मात्र विद्यार्थीले भर्ना हुन पाउनेछन् ।
यहाँ क्लिक गरेर बीआईटी र यहाँ क्लिक गरेर बीटेक इन एड आईटीमा प्रवेश परीक्षाका लागि आवेदन दिन सकिन्छ । प्रवेश परीक्षाका लागि रूपन्देहीको मणिग्राममा परीक्षा केन्द्र तोकिएको छ ।

स्नातक सकिँदा ३ वर्षको अनुभव !
सन् २०२४ मा स्थापना भएको यस कलेजले विद्यार्थीलाई डिग्रीसँगै सीप र अनुभव दिलाउने लक्ष्य राखेको छ । स्नातक तह पूरा गरेर निस्कँदा विद्यार्थीसँग तीन वर्षको कार्यानुभव हुने प्रिन्सिपल पाण्डेको दाबी छ ।
यसका लागि कलेजले पहिलो वर्षदेखि नै वास्तविक उद्योगको अनुभव भएका विज्ञहरूबाट दैनिक दुई घण्टा अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ । यस अतिरिक्त कक्षाका लागि कलेजले विद्यार्थीसँग कुनै थप शुल्क नलिने जनाएको छ ।
“कलेजले नेपाल, भारत र दुबईका गरी २५ भन्दा बढी उद्योगहरूसँग सहकार्य सम्झौता गरेको छ । ती उद्योगहरूले विद्यार्थीलाई तालिम र ‘पेड इन्टर्नशिप’ (तलबसहितको प्रशिक्षण) को अवसर प्रदान गर्छन्,” प्रिन्सिपल पाण्डेले भने ।
दोस्रो वर्षदेखि नै विद्यार्थीहरूले कलेजमै बसेर नेपाल वा विदेशका कम्पनीहरूमा 'रिमोट' रूपमा तलब लिएर इन्टर्नशिप गर्न सक्ने उनको भनाइ छ । हाल कलेजका २५ जना विद्यार्थी यसरी काम गरिरहेको उनले जानकारी दिए ।
उनले अगाडि भने, “चार/चार वर्षको डिग्री लिइ सकेको व्यक्तिले पछि काम नै गर्न सकेनन् भने त्यत्रो पढेको केही अर्थ नै भएन । कम्पनीहरू इन्टर्नशिप प्रदान गर्ने तालिम केन्द्र होइनन् । त्यसैले कलेज वा विश्वविद्यालयले नै विद्यार्थीलाई उद्योगमा काम गर्न सक्ने गरि अनुभवी र दक्ष बनाउनुपर्छ ।”
काठमाडौं विश्वविद्यालयले चार वर्षका लागि तोकेको शुल्कमा नै विद्यार्थीले अध्ययन गर्न पाउने उनले बताए । पाण्डेले भने, “हामीले दिने अतिरिक्त कक्षाहरूको थप शुल्क लाग्दैन ।” उद्योगले खोजे जस्तो काम नपाउने र विद्यार्थीले पनि डिग्री सकिँदासम्म पनि सीप हासिल गर्न नसकिरहेको समस्या समाधान गर्न रेडियन्ट कलेज स्थापना भएको उनको भनाइ छ ।

शब्दचित्रमा रेडियन्ट कलेज
नाम: रेडियन्ट कलेज
सम्बन्धन प्राप्त विश्वविद्यालय: काठमाडौँ विश्वविद्यालय
प्रकार: निजी
ठेगाना: तिलोत्तमा-५ शङ्करपुर, रूपन्देही ।
स्थापना: सन् २०२४ जनवरी २५

बोर्ड अफ डिरेक्टर: आलोक कुमार पाण्डे, पवन कुमार नेपाल, अनन्त पाण्डे, धर्मेन्द्र यादव ।
अध्यक्ष: आलोक कुमार पाण्डे
निर्देशक: पवन कुमार नेपाल, धर्मेन्द्र यादव
प्रिन्सिपल: अनन्त पाण्डे
सामाजिक सञ्जाल: फेसबुक, इन्स्टाग्राम र लिङ्क्डइन ।
सम्पर्क नम्बर: (+977) 71 591519, (+977) 9706397627 (ह्वाट्सएप)
ईमेल: [email protected], [email protected]

अध्यापन हुने विषयहरू र शुल्क
१. बीआईटी: चार वर्षे कोर्स पूरा गर्न नौ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।
२. बीटेक एड आईटी: चार वर्षे कोर्स पूरा गर्न ६ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
छात्रवृत्ति: विद्यार्थीहरूको योग्यताका आधारमा १० प्रतिशत प्रदान गर्ने ।
कर्मचारी: ३५ जना ।
विद्यार्थी: बीटेक एड आईटीको दुई ब्याच गरी कुल १२४ जना ।
यूएसपी: अध्ययनका क्रममा नै विद्यार्थीलाई इनोभेसन र आम्दानी गर्न सक्षम बनाउने ।
भौतिक संरचना: क्याम्पस भवनहरू, ल्याबहरू, प्ले ग्राउन्ड, खेलकदका सामग्री, आईओटी टुल्स, स्मार्ड बोर्डहरू, फाइभ जी वाईफाई, क्याफेटेरिया, हेल्थ केयरको सुविधा, सेमिनार हल, पुस्तकालय, एलएमएस (लर्निङ म्यानेजमेन्ट सिस्टम) आदी ।
उद्योगसँग सहकार्य: २५ भन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीसँग सहकार्य ।
अतिरिक्त क्रियाकलाप: फुटसल, क्रिकेट, क्विज, कविता, चेस, पौडी प्रतियोगिताहरूका साथै स्थलगत भ्रमण, ह्याकाथनहरू, वर्कशप, वेबिनार, सेमिनार, कन्फेरेन्स, रक्तदान आदि ।
सर्टिफिकेट: ईटीएस ग्लोबल ह्याकाथनमा दोस्रो स्थान

पछिल्लो अध्यावधिक: असार ११, २०८३ १३:५२
