close

सरकारी तथ्याङ्क र डेटावेसको सुरक्षा गर्न मुख्यसचिवको निर्देशन

टेकपाना टेकपाना

भदौ १३, २०७८ १६:३२

सरकारी तथ्याङ्क र डेटावेसको सुरक्षा गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सरकारी तथ्याङ्क तथा डाटावेसको सुरक्षा गर्न निर्देशन दिएका छन् ।

आज बसेको सचिवस्तरीय बैठकमा मुख्यसचिव बैरागीले नेपाल सरकारका सचिवहरु, प्रदेशका प्रमुख सचिवहरु तथा अन्य माथिल्लाे श्रेणीका पदाधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।

बढ्दो साइबर आक्रमण र सूचना प्रविधिसम्बन्धी खतरालाई मध्यनजर गर्दै सरकारी तथ्याङ्क तथा डाटावेसको सुरक्षा सँगसँगै मुख्यसचिव बैरागीले विद्युतीय माध्यमबाट प्रवाह हुने सरकारी सेवाका लागि प्रयोग हुने सफ्टवेयरहरुमा एकरुपता ल्याउन पनि निर्देशन दिएका छन् ।

बैठकमा मुख्यसचिवले सबै सचिवहरुलाई नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयहरू तदारुकताका साथ कार्यान्वयन गर्न, सबै मन्त्रालय तथा निकायहरुले प्रक्रिया सरलीकरण गरी सेवा प्रवाहमा चुस्तता ल्याउन विभिन्न सुधारका कार्यहरुलाई समन्वयात्मक रुपमा अघि बढाउन तथा बेरुजु फर्छ्याैटमा विशेष पहल गर्न समेत निर्देशन दिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१