close

स्मार्टडोकोले ल्यायो ‘फादर्श डे अफर’, ६० प्रतिशत छुटका साथै दैनिक उपहार

टेकपाना टेकपाना

भदौ १७, २०७८ १८:३७

स्मार्टडोकोले ल्यायो ‘फादर्श डे अफर’, ६० प्रतिशत छुटका साथै दैनिक उपहार

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म स्मार्टडोकोले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘फादर्श डे अफर’ ल्याएको छ । हालै आईएमएस ग्रुपले प्राप्ति गरेको यस ई-कमर्स कम्पनीले आफ्नो सेवालाई विस्तार प्राथामिकतामा राख्दै आएको छ ।

यसैक्रममा कम्पनीले नयाँ अफर ल्याएको हो । कम्पनीका अनुसार यो अफर यही भदौ १८ अर्थात शुक्रबारदेखि सुरु भएर २२ गतेसम्म चल्ने छ ।

जसमा ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (५०० रुपैयाँसम्म), साथै माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (५०० रुपैयाँसम्म) र नेपाल इन्भेष्टमेन्ट बैंकका डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (५०० रुपैयाँसम्म) को छुट पाउनेछन् ।

यसका साथै कम्पनीले स्मार्टडोको प्रयोगकर्तालाई दैनिक रुपमा आर्कषक उपहार पनि प्रदान गर्ने जनाएको छ । स्मार्टडोको अनलाइनबाट सामान खरिद गर्दा ग्राहकले हरेक दिन ट्रडरुप आर४ हाई–रेस अडियो वायर मेटल इयरफोन, ट्रडरुप एच२ कोक्सायल ड्युल ड्राइभर हाई–रेस अडियो वायर इयरफोन, बाल्ट्रा ट्रु हेयर ट्रीमर, हाइलो एलएस०२ स्मार्ट वाच, कफी मगजस्ता उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यतिमात्रै नभएर स्मार्टडोकाले बुबाको मुख हेर्ने दिनको अवसरमा वेस्ट डिल र डिस्काउन्टको अफर पनि ल्याएको छ । जसअन्तर्गत ग्राहकले गिफ्ट सेट, केक र स्वीट, घडीहरू, विभिन्न प्रकारका खाना, पर्फ्म्युम हेल्थ एण्ड फिटनेस प्रडक्टमा ६० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

ग्राहकले आफ्नो मनपर्ने सामान एन्ड्रोइडआईओएस दुवैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत पनि अर्डर गर्न सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यका रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरीसमेत उपलब्ध गइराएको छ । साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३