close

सेल पेको कुशे औंशी अफर, ५ हजारको सामान किन्दा ५ सय छुट

टेकपाना टेकपाना

भदौ १९, २०७८ ७:४

सेल पेको कुशे औंशी अफर, ५ हजारको सामान किन्दा ५ सय छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकका लागि कुशे औंसीको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेल पे कार्टबाट पाँच हजार रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गरेमा पाँच सय रुपैयाँ क्यासब्याक पाउनेछन् । यो योजना यही भदौ १८ गतेदेखि भदौ २२ गतेसम्म लागू हुने छ ।

सेल पे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा भएको कम्पनीको दाबी छ ।

यसको प्लेटफर्मबाट वाास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने लगायतका सुविधा प्रयोग गर्न सकिन्छ ।

सेल पेबाट विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव पाँच लाख मर्चेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर,P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३