close

बुवाको मुख हेर्ने दिन ‘योर कोसेली’ बाट ५ हजार बराबरको केक र गिफ्ट जित्न सकिने

टेकपाना टेकपाना

भदौ १९, २०७८ १२:२१

बुवाको मुख हेर्ने दिन ‘योर कोसेली’ बाट ५ हजार बराबरको केक र गिफ्ट जित्न सकिने

काठमाडौं । नेपालमा सेलिब्रेसन कल्चर प्रवर्द्धन गर्दै आएको नेपालको पहिलो सेलिब्रेसन पाेर्टल योर कोसेलीले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेराे सुपर ड्याड’ अभियान सञ्चालन गरेकाे छ ।

आफ्नो बुवाले गरेको अनन्त माया र त्यागको सधै प्रशंसा गर्न नसकेपनी कुशे औंसी अथार्त बुवाको मुख हेर्ने दिन भने बुवाकाे विशेष सम्मान होस् भन्नका लागि यो अभियान सञ्चालन गरेको योर कोसेलीका सह-सञ्चाललक अस्मित गौतमले बताएका छन ।

यस अभियानमा भाग लिएर तीन जना भाग्यमानी विजेताले बुवाको मुख हेर्ने दिनको लागि रु. ५००० बराबरको केक र गिफ्ट जित्न सक्ने छन ।

याे अभियानमा भाग लिन तपाईंले आफ्नो बुवासँगको सेल्फी इन्स्टाग्रामकाे स्टाेरीमा हालेर योरकोसेलीलाई मेन्सन गर्नुपर्नेछ ।

साथै स्टोरी मा #merosuperdad लेख्न नभुल्नु होला । अन्य जानकारी तपाईंले योर कोसेलीको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट लिन सकिने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३