close

एक करोड ७५ लाख पुरस्कार राशी भएको दक्षिण एसियाकै ठूलो पब्जी प्रतियोगिता सुरु

टेकपाना टेकपाना

असोज ६, २०७८ १३:३८

एक करोड ७५ लाख पुरस्कार राशी भएको दक्षिण एसियाकै ठूलो पब्जी प्रतियोगिता सुरु

काठमाडौं । दक्षिण एसियाकै सबैभन्दा ठूलो पब्जी मोबाइल प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग-सिजन फोर’ सुरु भएको छ ।

मंगलबारदेखि सुरू भएको प्रतियोगितामा नेपाल, मंगोलिया, बंगलादेश, पाकिस्तानलगायतका दक्षिण एसियाली देशका २० टिम सहभागी छन् ।

यसअन्तर्गत नेपालको तर्फबाट डीआरएस, रअ, डब्लुजेडभी, टीटुके, भाइब्स, पीएन क्र्यु, डीई, एचभी, सेभेन सी गरी कुल ९ टिमले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिताको पहिलो चरण मंगलबार सम्पन्न भएको छ । त्यसमा नेपालको डीआरएस टिम सबैभन्दा बढी अंकका साथ पहिलो नम्बरमा रहन सफल भएको छ ।

आज पनि ‘फस्ट विक’ को गेम हुँदै छ । साँझ ६ः१५ बाट सुरु हुने उक्त खेल युट्युवमा लाइभ हेर्न सकिने छ ।

यो प्रतियोगिता तीन हप्तासम्म चल्नेछ । हरेक हप्ता शीर्ष १६ टिम ‘सुपर विकेण्ड’ मा सहभागी हुनेछन् । त्यसरी हुने तीन वटा ‘सुपर विकेण्ड’ का विजेताबाट प्रतियोगिताको विजेता टिम घोषणा हुने जनाइएको छ ।

यो प्रतियोगितामा कुल पुरस्कार राशी झण्डै एक करोड ७५ लाख रूपैयाँ बराबरको रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१