close

र्‍यापूको एचडी भिडिओ कन्फ्रेन्स क्यामेरा नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

असोज ७, २०७८ १५:२७

र्‍यापूको एचडी भिडिओ कन्फ्रेन्स क्यामेरा नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । र्‍यापूको भिडिओ कन्फ्रेन्स क्यामेरा ‘सी १६२०’ नेपाली बजारमा सार्वजनिक भएको छ । र्‍यापूका लागि नेपालको आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले यो क्यामेरा नेपाल ल्याएको हो ।

१०८० पिक्सेल एचडी इमेज क्वालिटी रहेको यो क्यामेरामा २० गुणा अप्टिकल जुम गर्न सकिने फिचर छ । डिजिटल नोइज क्यान्सिलेसन तथा ह्वाइट ब्यालेन्स ब्याकलाइट कम्पेन्सेसन सपोर्ट रहेको यो कन्फ्रेन्स क्यामेरामा १६ गुणा डिजिटल जुम समेत रहेको छ ।

वाईयूवाई२, एमजेपीईजी, एच.२६४ गरी तीन वटा विकल्पसहित डुअल स्ट्रिम आउटपुट सपोर्ट यसमा छ । त्यस्तै पावर सप्लाइका लागि समेत यूएसबी इन्टरफेस तथा ब्युल्ट इन पावर सप्लाई गरी दुई ओटा सप्लाई मोड यसमा रहेका छन् ।

एडप्टिभ ह्वाइट ब्यालेन्स, ५५ डीबीसम्मको सिग्नल-टु-न्वाइजसहित लो लाइट इमेजका लागि इन्टेलिजेन्ट न्वाइज रिडक्सन समेत यसमा पाउन सकिन्छ ।

मेनस्ट्रिम भिडिओ कन्फ्रेन्सिङ सफ्टवेयरका लागि सुहाउँदो यो क्यामेरा थुप्रै किसिमका सिस्टम प्लेटफर्ममा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

तेर्साेमा ३४० डिग्री तथा ठाडो १२० डिग्रीसम्म घुमाउन मिल्ने यो क्यामेराको मूल्य भ्याटसहित ९३ हजार ७५० रुपैयाँ राखिएको छ । यहाँ क्लिक गरी यो कन्फ्रेन्स क्यामेरा अनलाइनबाट समेत अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१