close

फोरजी अपग्रेड गर्नेलाई एनसेलको १ जीबी डेटा नि:शुल्क, एक रुपैयाँमै अपग्रेड हुने

टेकपाना टेकपाना

पुस ६, २०७६ १०:३३

फोरजी अपग्रेड गर्नेलाई एनसेलको १ जीबी डेटा नि:शुल्क, एक रुपैयाँमै अपग्रेड हुने

एनसेलले एक रुपैयाँमै हाल प्रयोग भैरहेको सिमकार्डलाइ फोरजीमा अपग्रेड गर्न सकिने सुविधा ल्याएको छ । यसरी फोरजीमा अपग्रेड गर्ने ग्राहकलाई एक जीबी डे टाइम डेटा नि:शुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

उक्त डेटा अपग्रेड गरेको एक हप्ताभित्र प्रयोग गर्नुपर्ने पनि कम्पनीले जानकारी दिएको छ । फोरजीमा अपग्रेड गर्न सिमकार्ड र सक्कल कागजात आवश्यक पर्ने एनसेलले जनाएको छ ।

यो लिएर एनसेल सेन्टर जानुपर्नेछ । एनसेलका अनुसार अहिले प्रयोग गरिरहेको सिम फोरजी सिम हो होइन त्यसको जानकारी लिन ‘Q’ टाइप गरेर ३२४ मा एसएमएस गर्नुपर्नेछ ।

देशभर अहिले एनसेलको ३२ लाख फोरजी प्रयोगकर्ता रहेको नेपाल दूरसन्चार प्राधिकरणको तथ्यांकले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१