close

राइड शेयरिङ सेवा ‘साहारा’ को दशैं अफर, होण्डा साइन बाइक र रेड्मी नाइन जित्ने मौका

टेकपाना टेकपाना

असोज ९, २०७८ १०:४२

राइड शेयरिङ सेवा ‘साहारा’ को दशैं अफर, होण्डा साइन बाइक र रेड्मी नाइन जित्ने मौका

काठमाडौं । नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैं अफर ल्याएको छ ।

महोत्सवमा राइडरले होण्डा साइन बाइक र रेडमी नाइन मोबाइल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा पाँच हजार रुपैयाँ जित्ने मौका रहेको छ ।

असोज २० गतेसम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरले रेड्मी नाइन र नगद बोनस पाउनेछन् ।

उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पुरा गरेको हुनुपर्ने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्नेछन् ।

नेपालमा सन् २०१९ देखि राइड शेयरिङ सेवा सुरु गरेको साहरा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने याेजना ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१