close

दशैंका लागि बसको अनलाइन टिकट बुकिङ भोलिदेखि, हरेक यात्रुलाई एक बोतल पानी सित्तैमा

टेकपाना टेकपाना

असोज १०, २०७८ १७:४३

दशैंका लागि बसको अनलाइन टिकट बुकिङ भोलिदेखि, हरेक यात्रुलाई एक बोतल पानी सित्तैमा

काठमाडौं । सरकारले भोलि सोमबारदेखि लामो दूरीको सवारीसाधनका लागि अग्रिम बुकिङ सुरु हुने भएको छ ।

आइतबार संसदको विकास तथा प्रविधि समितिले गरेको यातायात व्यवस्थापनसम्बन्धी एक छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भिडभाड छल्न र विचौलियाबाट बच्न यात्रुलाई अनलाइन टिकट बुकिङ गर्न आग्रह गरे ।

त्यस्तै अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई एक बोतल पानी सित्तैमा उपलब्ध गराउन सवारी साधन व्यवसायीहरूले प्रतिबद्धता पनि जनाएको उनले जानकारी दिए ।

अनलाइन टिकट बुकिङ उपलब्ध हुने ठाउँहरूमा सकेसम्म एप वा साइटबाट टिकट खरिद गर्न उनले आग्रह गरे ।

बैठकमा समितिले स्वास्थ्य मापदण्ड पालना गरेर गाडी चलाउन, यात्रुले थाहा पाउने गरी ढोकामा भाडादर राख्न, भौतिक रुपमा लाइन बसेर टिकट काट्ने व्यवस्थालाई निरुत्साहित गरी अनलाइनबाट टिकट खरिदको व्यवस्था गर्न र अनुगमनको कार्यलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१