close

अब ‘कपी–पेस्ट’का लागि छुट्टै किबोर्ड

टेकपाना टेकपाना

असोज १७, २०७८ १५:१

अब ‘कपी–पेस्ट’का लागि छुट्टै किबोर्ड

काठमाडौं । यो वर्षको सुरुवातमा ‘स्ट्याक ओभरफ्लो’ नामक चर्चित कोडिङ प्लायटफर्मले ‘कपी–पेस्ट’ किबोर्डको नक्कली विज्ञापन गरेका थियो । जुन अब यथार्थ बनेको छ । प्रयोगकर्ताले अब कपी–पेस्टका लागि मात्रै छुट्टै किबोर्ड खरिद गर्न सक्ने भएका छन् ।

‘दि की’ नामक यो किबोर्ड यसअघि अप्रिल फुलका दिन झुक्याउनका लागि प्रयोग गरिएको थियो । तीन ओटा मात्रै ‘की’ रहेको यो किबोर्ड कोडिङ प्लाटफर्मले वेबसाइटमा प्रयोग भएको कोड कपी गर्दै पेस्ट गर्नेहरूलाई उडाउनका लागि प्रयोग गरेका थिए ।

उनीहरूले कपी–पेस्टमा सीमितमात्रै नम्बर बाँकी रहेकाले ‘की’ खरिद गरेर प्रयोग गरेको खण्डमा हजारौं पटकसम्म प्रयोग गर्न सक्ने म्यासेज समेत दिएका थिए । त्यसमा यही ‘कपी–पेस्ट’ मात्रै विकल्प भएको किबोर्डको फोटो प्रयोग भएको थियो ।

त्यसरी कपी–पेस्ट मात्रै विकल्प भएको किबोर्डको फोटो सार्वजनिक भएसँगै धेरैले कहाँ किन्न पाइन्छ भनेर प्रश्न सोधेका थिए । त्यसको जवाफमा उनीहरूले टेक डिजाइनका लागि चर्चित वेबसाइट ‘ड्रप’ लाई ट्याग गरेका थिए ।

त्यसरी कपी पेस्टको विषयमा आफ्नो वेबसाइटलाई ट्याग गर्ने क्रम बढेसँगै ‘ड्रप’ ले गएको २८ सेप्टेम्बरमा उक्त किबोर्डको लिमिटेड भर्सन सार्वजनिक गरेको थियो । जुन केही मिनेटमै सबै बिक्री भएको कम्पनीले जनाएको छ ।

तर, अब पुन कम्पनीले नयाँ भर्सनको रुपमा कपी–पेस्ट किबोर्डको प्रि-अर्डर खुला गरेको छ । कम्पनीका अनुसार यो प्रोडक्ट आउँदो डिसेम्बर ३ तारिखमा प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५