close

दशैंमा रियलमीको ‘फेस्टिभ डेज’ अफर, टिभीदेखि स्मार्टफोनसम्म जित्ने अवसर

टेकपाना टेकपाना

असोज १७, २०७८ १९:२९

दशैंमा रियलमीको ‘फेस्टिभ डेज’ अफर, टिभीदेखि स्मार्टफोनसम्म जित्ने अवसर

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले दशैं तिहारलाई लक्षित गर्दै ‘रियलमी फेस्टिभ डे’ अफर सञ्चालनमा ल्याएको छ । अफरमा दैनिक, साप्ताहिक र बम्पर उपहार गरी रियलमीका ग्राहकले स्मार्ट टिभीका साथै विभिन्न उपहार प्राप्त गर्नेछन् ।

जसमा तीन जना विजेताले बम्पर पुरस्कारस्वरुप कोन्का ब्राण्डको ६४ इन्चको फोरके टिभी, कोन्काकै सात केजीको फ्रन्ट लोडेड वासिङ मेसिन वा रियलमी एट स्मार्टफोन मध्य एक प्राप्त गर्नेछन् । साथै प्रत्येक हप्ता १२ जनाले रियलमी सी इलेभेन २०२१ प्राप्त गर्नेछन् ।

त्यस्तै, हरेक दिन एक सय ८० जनाले कोन्का १८०डब्लु भ्याकुम क्लिनर, कोन्का १.८ लिटरको डिलक्स राइस कुकर, कोन्का १०००डब्लु आइरन र कोन्का २.१ सीएच होम थ्रेटर स्पिकर मध्य एक प्राप्त गर्नेछन् ।

यो अफरमा भाग लिन नयाँ उपभोक्ताले यहाँ लगइन गरी त्यहाँ उपलब्ध फाराममा आफ्नो जानकारीका साथै रियलमी फोनको आईएमईआई नम्बर राख्नुपर्नेछ । यो अफर रियलमीका सबै स्मार्टफोनमा लागू हुनेछ । शनिबारबाट सुरु भएको यो अफर कात्तिक ३० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लक्की ड्रको विजेताको घोषणा रियलमीको फेसबुक पेजमार्फत गरिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५