close

बहुप्रतिक्षित ‘वनप्लस नाइन प्रो’ नेपाली बजारमा, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

असोज २०, २०७८ १६:३४

बहुप्रतिक्षित ‘वनप्लस नाइन प्रो’ नेपाली बजारमा, यस्तो छ फिचर र मूल्य

काठमाडौं । नेपाली बजारमा वनप्लसको बहुप्रतिक्षित स्मार्टफोन ‘वनप्लस नाइन प्रो’ सार्वजनिक भएको छ । वनप्लसको आधिकारिक वितरक स्मार्ट टक प्रालिले दुई फरक भेरियन्टमा यो फाइभजी स्मार्टफोन भित्र्याएको हो ।

वनप्लस नाइन प्रो पनि एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११ का साथमा आएको छ । ६.७ इन्चको क्यूएचडी एमाेलेड डिस्प्ले रहेको फोनको डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । जसले सामान्य स्मार्टफोनको तुलनामा ५० प्रतिशत पावर खपत कम गर्नेछ ।

साथै फोनको स्क्रिनमा हाइपर टच सर्पोट उपलब्ध छ, जसले गर्दा टच रेस्पोन्सिभ रेटलाई बढाउने छ । कम्पनीले पब्जी, कलअफ ड्युटी, लिगअफ लेजेन्डजस्ता गेम खेल्दा आवश्यक पर्ने मल्टिपल स्क्रिन टचलाई ध्यानमा राखेर यो सुविधा ल्याएको हो ।

क्वालकम स्न्यापड्रागन ८८८ चिपसेटमा आधारित फोन ८ जीबी र १२ जीबी र्‍याम र १२८ र २५६ जीबी इन्टरनल मेमोरी भेरियन्टमा उपलब्ध छ । क्वाड (४ वटा) क्यामेरा सेटअपका साथमा आएको फोनमा ४८ मेगापिक्सेल सोनीको प्राइमेरी सेन्सर रहेको छ ।

५० मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर रहेको छ । फोनमा ८ मेगापिक्सेलको टेलिफोटो शुटर र २ मेगापिक्सेलको मोनोक्रोम सेन्सर रहेको छ ।

सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको सोनी क्यामेरा उपलब्ध छ । वाई-फाई सिक्स सपोर्ट गर्ने फाेनमा ईन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर छ । यसमा ४५०० एमएएच क्षमताको ब्याट्री छ, जसले वार्प चार्ज ६५टी र ५०टी वायरलेस फास्ट चार्जिङ सर्पोट गर्नेछ ।

नेपाली बजारमा यो फोनको मूल्य ८/२५६ जीबी भेरियन्टको एक लाख १९ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबी भेरियन्टको एक लाख २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५