close

चिप अभाव भएपछि स्मार्टफोन उत्पादन र आपूर्तिमा समस्या

टेकपाना टेकपाना

असोज ३१, २०७८ १०:१

चिप अभाव भएपछि स्मार्टफोन उत्पादन र आपूर्तिमा समस्या

काठमाडौं । कोरोना महामारीसँगै बजारमा चिप अभाव भएपछि थुप्रै विद्युतीय उपकरणहरूको उत्पादन तथा आपूर्तिमा विश्वभर नै समस्या भइरहेको छ ।

क्यानलिसको एक रिपोर्टका अनुसार गत तीन वर्षको तेस्रो त्रैमासिकसम्मको तुलना गर्दा विश्वबजारमा स्मार्टफोनको आपूर्ती यो वर्षसम्म आइपुग्दा ६ प्रतिशतले घटेको छ ।

चिप लगायत स्मार्टफोन उत्पादनका लागि आवश्यक अन्य सामग्रीको अभाव हुँदा कम्पनीहरूलाई बजारको माग धान्न गाह्रो भएको हो ।

उत्पादनको हिसाबले चाहिँ रिपोर्टका अनुसार यो वर्षको तेस्रो त्रैमासिकमा पनि गत वर्षको सोही अवधिमा जस्तै सबैभन्दा बढी बजार हिस्सा सामसङको रहेको छ । उसको बजार हिस्सा २३ प्रतिशत छ ।

एप्पलले भने गत वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशतले वृद्धि भई दोस्रो स्थानमा १५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । आईफोन १३ सिरिजका फोनहरूको प्रि-बुकिङका कारण पनि एप्पलको बजार हिस्सा बढ्न गएको रिपोर्टले जनाएको छ ।

त्यस्तै सबैभन्दा बढी बजार हिस्सा भएको पाँच कम्पनीमा १४ प्रतिशत हिस्सासहित साओमी तेस्रोमा छ भने भिभो र ओप्पो १०-१० प्रतिशत हिस्सा ओगट्न सफल भएका छन् ।

समग्रमा यी तीन चिनियाँ कम्पनीको मात्र विश्व बजारमा कुल ३४ प्रतिशत हिस्सा छ । यसरी हेर्ने हो भने चाँहि विश्वबजारमा सामसङको हिस्सा दोस्रो स्थानमा पर्न आउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२