close

तीन महिनामै एनसीएचएलबाट ४१.२ खर्बको कारोबार

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ १६:१

तीन महिनामै एनसीएचएलबाट ४१.२ खर्बको कारोबार

काठमाडौं । नेपाल क्ल्यिरिङ हाउस लिमिटेडले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीमार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ४१.२ खर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअन्तर्गत एक करोड ७१ लाखभन्दा बढी पटक कारोबार भएको एनसीएचएलले जनाएको छ । पछिल्लो आ.व.को तुलनामा उक्त कारोबार संख्याको आधारमा १०७ प्रतिशतले वृद्धि भएको हो ।

पहिलो त्रैमासमा ईसीसीमा जम्मा २८.९ खर्ब रुपैयाँबराबरको ४१ लाख ५३ हजारभन्दा बढी चेक कारोबार भएको छ ।

बैंकका शाखा तथा एनपीआईबाट आईपीएसमा गरिने कारोबार ५.५ खर्ब रुपैयाँबराबरको ३२ लाख ८६ हजारभन्दा बढी भएको छ ।

त्यस्तै बैंक वित्तीय संस्थाका वैकल्पिक माध्यमबाट गरिने कनेक्ट आईपीएसमा ६.९ खर्ब रुपैयाँबराबरको ९७ लाख ४७ हजारभन्दा बढी कारोबारहरु भएको छ ।

एनपीआईको प्रयोग गरेर आईपीएस र कनेक्ट आईपीएसबाट गरिने कारोबारहरुमा उल्लेख्य वृद्धि भएको छ । विद्युतीय कारोबारको स्वीकार्यता तथा प्रयोग वृद्धिसँगै नेपाल राष्ट्र बैंकको विभिन्न मार्गनिर्देशले नेपालको विद्युतीय कारोबार पछिल्लो समयमा निकै बढ्दै गएको देखिन्छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक/वित्तीय संस्थाहरु, पीएसपी, पीएसओलगायत विभिन्न संस्थाहरुलाई विद्युतीय भुक्तानीमा ल्याउन आवश्यक पूर्वाधारहरुको विकास र विस्तार गर्दै आएको छ ।

यसैक्रममा हाल उपलब्ध भएका पूर्वाधारहरु समेतलाई पुनः प्रयोग र थप गरी एनसीएचएलले राष्ट्रिय भुक्तानी स्वीचको कामसमेत अगाडि बढाएको छ, जसको पहिलो चरणको तयारी सकिएर लागू हुने चरणमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१