close

आईफोनबाट अब सजिलै एन्ड्रोइड फोनमा ह्वाट्सएप च्याट ट्रान्स्फर गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ १९:१७

आईफोनबाट अब सजिलै एन्ड्रोइड फोनमा ह्वाट्सएप च्याट ट्रान्स्फर गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । चर्चित म्यासेजिङ एप ह्वाट्सएपका च्याट अब आईफोनबाट एन्ड्रोइड फोनमा ट्रान्स्फर गर्न सकिने भएको छ । केही समयअघि मात्र आईफोनबाट सामसङ डिभाइसमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्न सकिने फिचर सुरू भएको थियो ।

अब आईफोनमा रहेको च्याट हिस्ट्री गुगल पिक्सेल फोनमा पनि सार्न सकिने छ । यति मात्रै होइन, अब एन्ड्राइड १२ मा चल्ने सबै स्मार्टफोनमा आईफोनबाट च्याट ट्रान्सफर गर्न मिल्ने गुगले जनाएको छ ।

यसकारण यो फिचर अब सामसङ र गुगल डिभाइसमा मात्र सीमित हुनेछैन ।

प्रयोगकर्ताले ‘यूएसबी-सी टु लाइटनिङ केबल’ मार्फत् सजिलै च्याट ट्रान्सफर गर्न सक्छन् । गुगलका अनुसार च्याट ट्रान्सफरका लागि एन्ड्रोइड फोनमा सेटिङ गरेपछि आईफोनमा क्यूआर कोड स्क्यान गर्ने अप्सन देखापर्छ ।

यसपछि तपाईंले आफ्ना कन्भर्सेसन, मिडिया र अन्य डेटा एन्ड्रोइड फोनमा सार्न सक्नुहुन्छ ।

गुगलले दुई डिभाइसबीच सुरक्षित रूपले डेटा ट्रान्स्फर हुने दाबी गरेको छ । यसका लागि ह्वाट्सएपसँग नजिक रहेर काम गरिरहेको र प्रयोगकर्ताको डेटा डेटा सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको गुगलको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१