close

आफ्ना बालबच्चाको फोटो गुगलमा भेट्नुभयो ? यसरी हटाउनुहोस्

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १५:५३

आफ्ना बालबच्चाको फोटो गुगलमा भेट्नुभयो ? यसरी हटाउनुहोस्

काठमाडौं । गुगलको इभेज सर्च रिजल्टबाट अब १८ वर्षमुनिका प्रयोगकर्ताको फोटो हटाउन सकिने भएको छ ।

यो फिचरबाट बालबालिका, किशोरकिशोरी वा उनीहरुका अभिभावकले गुगल सर्च रिजल्टमा भेटिने फोटो हटाउन गुगललाई अनुरोध गर्नसक्ने छन् । यो फिचर पहिलो पटक गत अगस्टमा नै जारी भएपनि अब थप परिमार्जनसहित सबैका लागि उपलब्ध भएको छ ।

यदि गुगल सर्च रिजल्टमा १८ वर्षमुनिको फोटो फेला पार्नुभयो भने तपाईं यो रिक्वेस्ट फर्ममा मागिएको विवरण भरेर गुगललाई फोटो हटाउन अनुरोध गर्न सक्नुहुनेछ ।

जसका लागि प्रयोगकर्ताले सर्च रिजल्ट हटाउन चाहेको फोटोको यूआरएल, नाम र उमेर, फोटो खोज्न प्रयोग हुनसक्ने शब्दहरू र व्यक्तिगत रुपमा स्वयम् हो भनी प्रयोग गर्नसक्ने सम्बन्धित नातेदारसँगको नाता र नाम आवश्यक पर्दछ ।

यसरी सर्च रिजल्ट हटाउने क्रममा गुगलले अपनाउने मापदण्डका बारेमा भने कनै खुलासा गरिएको छैन । यद्यपि कम्पनीले ‘सर्वसाधरणको चासोको विषयमा रहेको र समाचारयोग्य सामग्री’ बाहेकका नाबालिगलाई प्रतिकूल प्रभाव पार्ने कुनैपनि फोटो हटाउने जनाएको छ ।

ईयूको ‘राइट टु बी फर्गेटन’ सम्बन्धी कानूनका कारण उब्जिने गरेका विवादका बावजुद गुगलको यो निर्णय कार्यान्वयनमा चुनौतिपूर्ण हुनसक्ने देखिएको छ ।

गुगलका अनुसार यो सेवा १८ वर्षमुनिका प्रयोगकर्ताका लागि मात्रै हो । यसर्थ यदि तपाईंको उमेर १८ वर्षभन्दा माथि छ र आफू १२ वर्ष हुँदाको फोटो हटाउन चाहनुहुन्छ भने गुगल तपाईंलाई मद्दत गर्न असमर्थ हुनेछ ।

यसका अतिरिक्त गुगलले विभिन्न समयमा हानिकारक कन्टेन्टहरू हटाउने व्यवस्था ल्याइसकेको छ । जसमा चिकित्सा तथा वित्तीय सूचना, फेक पोर्नोग्राफी, घरको ठेगाना र सम्पर्क नबरसहितको ‘डक्सिङ’ (इन्टरनेट प्रयोगकर्ताको वास्तविक सूचना पत्ता लगाउन गरिने साइबर अट्याक) सूचना लगायत छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१