close

अब पार्किङमा भएको टेस्ला कारको लाइभ फुटेज मोबाइलमै हेर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १५:२९

अब पार्किङमा भएको टेस्ला कारको लाइभ फुटेज मोबाइलमै हेर्न सकिने

काठमाडौं । “सेन्ट्री मोड लाइभ क्यामेरा एक्सेस” सुविधा टेस्लाको २०२१.३६.८ सफ्टवेयर अपडेटको साथ रोल आउट हुँदैछ । वर्तमानमा आईओएस प्रयोगकर्ताले मात्र यो फिचर प्रयोग गर्न पाउने छन् ।

एन्ड्रोइड प्रयोगकर्ताको हकमा अहिलेसम्म केही समाचार आएको छैन । कार पार्क गरिसकेपछि सुरक्षित छ या छैन भन्ने कुरा तपाईंको आईओएस् फोनबाट हेर्न सक्नुहुन्छ । सन् २०१९ मा सार्वजनिक भएको ‘टेस्ला भेहिकल सेन्ट्री मोड’मा यो निकै ठुलो फड्को हो ।

सेन्ट्री मोडले अहिलेसम्म स्थानीय रूपमा फुटेज रेकर्ड गर्छ, जुन कुनै घटनाहरूको रेकर्ड राख्नको लागि उत्कृष्ट छ । तर तपाईंको कारमा हाल के भइरहेको छ भन्ने संकेत भने धेरै दिँदैन।

एक ट्वीटमा, सीईओ एलोन मस्कले यो सुविधाले टेस्ला कार धनीहरूलाई कारको स्पिकर इनेबल गरेपछि त्यस मार्फत कुरा गर्ने अनुमति पनि दिने बताएका छन् । यो सुविधा टेस्लाको प्रिमियम कनेक्टिभिटी सदस्यतामा समावेश गरिएको छ, जुन प्रारम्भिक चरणमा निःशुल्क परीक्षणको रुपमा उपलब्ध हुनेछ ।

पछि भने प्रति महिना १० डलर लाग्ने बताइएको छ। प्रिमियम कनेक्टिभिटी फिचरका अन्य सुविधाहरूमा कारको इन्फोटेनमेन्ट सेन्टर मार्फत भिडिओ र संगीत स्ट्रिमिङ सेवाहरूमा पहुँचका साथै लाइभ ट्राफिक भिजुअलाइजेसन जस्ता अन्य सुविधाहरू समावेश छन् ।

प्रिमियम कनेक्टिभिटी फिचरका अन्य सुविधाहरूमा कारको इन्फोटेनमेन्ट सेन्टर मार्फत भिडिओ र संगीत स्ट्रिमिङ सेवाहरूमा पहुँचका साथै लाइभ ट्राफिक भिजुअलाइजेसन जस्ता फिचर पनि समावेश छन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१