काठमाडौं । केही अघिसम्म विश्व बजारमा निकै पकड बनाइसकेको ह्वावेले आफ्ना अन्तर्राष्ट्रिय प्रयोगकर्ताका लागि अपडेटहरू पठाइरहेको छ ।
कम्पनीले भर्खरै मात्र सपोर्ट गर्ने डिभाइस र समयतालिका सहितको ईएमयूआई १२ को योजना सार्वजनिक गरेको छ ।
कम्पनीले एपीएसी प्रोडक्ट लञ्चको युट्युव स्ट्रिमिङ मार्फत यस्तो घोषणा गरेको हो ।
जसअनुसार सन् २०२२ को पहिलो अर्धवार्षिक अवधिबाट अपडेट पठाउन सुरु हुनेछ ।
ह्वावेका यी मोबाइलमा आउनेछ ईएमयूआई १२ को अपडेटः
Mate 40 Pro
P40/P40 Pro/P40 Pro Plus
Mate XS
Mate 30/Mate 30 Pro
P30/P30 Pro
Mate 20/Mate 20X/Mate 20X 5G/Mate 20 RS/Mate 20 Pro
P20/P20 Pro
Mate 10/Mate 10 Pro/Mate 10 Porsche
Nova 7/Nova 7i/Nova 7 SE
Nova 5T
Nova 4/Nova 4E
Y9S
Y9 Prime 2019
Y8P
रोचक कुरा त के छ भने कम्पनीको ईएमयूआई सन् २०१८ यताका डिभाइसहरूमा समेत उपलब्ध हुनेछ । यो खबर गुगल सर्भिस रहेका ह्वावे फोन प्रयोगकर्ताका लागि खुशीको खबर हो ।
यद्यपि यो एन्ड्रोइड भर्सन समेतको अपडेट नभएर ईएमयूआईको मात्र अपडेट हुनेछ । जुन ह्वावेले यस अघि नै आफ्ना पुराना डिभाइसमा ईएमयूआई ११ को साथमा गरेको थियो ।
त्यसैले प्राइभेसी ड्याशबोर्ड र माइक तथा क्यामेरा अलर्ट जस्ता एन्ड्रोइड १२ का अपेक्षित फिचर यसमा हुनेछैनन् । यद्यपि ईएमयूआई १२ मार्फत यूआईको नयाँ डिजाइन र सुधारिएको क्रश-डिभाइस इन्टिग्रेसन भने यसमा उपलब्ध हुनेछ ।