काठमाडौं । फूल र बत्तिको चाड भनेर चिनिने तिहार नजिकै आइसकेको छ । समय बित्दै जाँदा चाडपर्व मनाउने हाम्रो शैली पनि बदलिएको छ । विशेषगरी तिहारमा दिदीबहिनी र दाजुभाइले एकअर्कालाई उपहार दिएर विशेष महसुस गराउने प्रचलन छ ।
आफूले दिएको उपहार उपयोगी होस् र मन पराउन् भन्ने सबैको चाहना हुन्छ नै । यो वर्षको तिहारमा चाहिँ तपाईंले आफ्नो दाजुभाइ वा दिदीबहिनीलाई के उपहार दिने सोच्नु भएको छ त ?
आउनुहोस् नेपाली बजारमा आएका उपहारका लागि सस्ता ग्याजेटकाे उपलब्धता र बजार मूल्यका बारेमा कुरा गरौं ।
चाडपर्वलाई धेरै भड्किलो हुनबाट जोगाउन कम मूल्यका उपहार दिन सकिन्छ । १५ हजार रुपैयाँ भन्दामुनिका उपहार दिन चाहनुहुन्छ र के दिनेहोला, कति सस्तो/महंगो छ भन्ने द्बिविधामा हुनुहुन्छ भने आजको लेख तपाईंका लागि निकै सहयोगी बन्न सक्छ ।
तपाईंले उपहार दिन लाग्नुभएको व्यक्ति विद्युतीय सामग्रीको पारखी हुनुहुन्छ भने त तपाईंले दिएको गिफ्ट पक्कै मनपर्नेवाला छ ।
१५ हजारमुनिका स्मार्टफाेन, ट्याब्लेट, क्यामेरा, किन्डल, ग्लास, स्मार्ट एलईडी लाइट बार, मोबाइल लेन्स किट, मोबाइल क्यामेरा लाइट, क्यामेरा, ब्लुटुथ स्पिकर, गेमिङ किबोर्ड, हेडफोन लगायतका सामग्रीमध्ये छानेर उपहार दिन सक्नुहुन्छ ।
अनलाइन तथा फिजिकल दुवै माध्यमबाट तपाईंले सामान खरिद गर्न सक्नुहुन्छ । अहिले अनलाइन शपिङका लागि दराज, सस्तोडिल, ग्यापु लगायतका विभिन्न अनलाइन प्लेर्टफर्म प्रचलनमा छन् ।
मोबाइल किट
मोबाइल फोनसँग सम्बन्धित उपहार दिने सोचिरहनुभएको छ भने, तपाईंले आफ्नो बजेटको हिसाबले विभिन्न उपहार दिन सक्नुहुन्छ ।
उपहारमा १० देखि १५ हजार रुपैयाँसम्मको रकम खर्चिन चाहनुहुन्छ भने रियलमी, सामसङ, रेड्मी, पाेकाे, भिभाे, नाेकिया, कूल प्याड ब्राण्डका स्मार्टफोन बजारमा उपलब्ध छन् ।
त्यसैगरी टिकटक पारखीका लागि स्ट्यान्डसहितको रिङ लाइट पनि दिन सक्नुहुन्छ । आजभोलि टिकटकको लोकप्रियता बढिरहेको बेला रिङ लाइटको महत्त्व पनि उत्तिकै छ ।
बजारमा १२ सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको बजेटमा रिङ लाइट छानेर खरिद गर्न सक्नुहुन्छ ।
त्यस्तै मोबाइल फोन होल्डर एकदमै सस्तो मूल्य ५० रुपैयाँदेखि करिब १२ हजार रुपैयाँ मूल्य सम्ममा बजारमा उपलब्ध छ ।
साथै ११ हजार रुपैयाँकाे हारहारीमा पर्ने स्मार्टफोन भिडिओ किट पनि तपाईंको लागि उपयुक्त विकल्प बन्न सक्छ ।
तपाईंले उपहार दिन लाग्नुभएको व्यक्ति प्रोफेसनल भिडिओ मेकर हो भने १० हजार रुपैयाँभन्दा माथिको डायमिटर रिङ लाइट दिँदा पनि राम्रो हुनसक्छ ।
त्यस्तै करिब दुई हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको भिडिओ स्टेब्लाइजर गिम्बल पनि विकल्प बन्नसक्छ ।
विभिन्न ब्राण्डका १५ हजार रुपैयाँसम्मका एयरपाेड्स अनलाइन र फिजिकल मार्केटमा उपलब्ध छन् ।
यदि तपाईंसँग कम बजेट छ भने सस्तो मूल्यमा इयरबड्स का साथै इयरफोन लिन सक्नुहुन्छ ।
स्मार्टवाच एक्सेसरिज:
पछिल्लो समय स्मार्टवाचको लोकप्रियता एकदमै उच्च छ । अब यस्तोमा तपाईंको रोजाइमा पनि स्मार्टवाच पर्नसक्छ । स्मार्टवाच किन्दा ध्यान दिनुपर्ने विषयमा यसअघि नै चर्चा गरिसकेका छाैं ।
त्यसलाई हेरेर आफ्नो लागि उपयुक्त स्मार्टवाच खरिद गर्न सक्नुहुन्छ । बजारमा आठ हजारदेखि १५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका एन्ड्रोइड स्मार्टवाच उपलब्ध छन् ।
यदि तपाईंसँग स्मार्टवाच किन्न पुग्ने बजेट छैन भने स्मार्टवाचको स्ट्राप (घडिको फिता) गिफ्ट गर्दा पनि राम्रो नै हुन्छ ।
गेमिङ एसोसरिज:
अब तपाईंले उपहार दिन लागेको व्यक्ति गेमर हो भने चाहिँ गेमिङ एक्सोसरिज उपहार दिँदा तपाईंले उपहार दिने व्यक्ति खुशी हुन सक्नुहुन्छ । गेमिङ किबोर्ड अनलाइन र फिजिकल स्टोरमा तीन हजार रुपैयाँ रेन्जदेखि उपलब्ध छन् ।