close

मोबाइलमा टी-ट्वान्टी विश्वकप क्रिकेट हेर्ने सजिलो तरिका

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ १७:४२

मोबाइलमा टी-ट्वान्टी विश्वकप क्रिकेट हेर्ने सजिलो तरिका

काठमाडौं । यतिबेला यूएई र ओमानमा टी-ट्वान्टी विश्वकप क्रिकेट चलिरहेको छ । क्रिकेट पारखीका लागि महाकुम्भको रुपमा हेरिने यो विश्वकपमा सुपर १२ मा पर्न सफल टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपालमा पनि टी-ट्वान्टी विश्वकपको क्रेज देखिन्छ । आज हामी मोबाइल एपबाट सजिलो गरी विश्वकप क्रिकेटका खेल हेर्ने सकिने एक मोबाइल एपबारे जानकारी दिँदै छौं ।

हुन त मोबाइलबाट खेल हेर्न विभिन्न वेबसाइट र एप उपलब्ध पनि छन् । तर धेरै मानिस फेक एप र लिंकका कारण भुक्किने गर्छन् ।

हाज हामी एन्ड्रोइडमा उपलब्ध एप एपको चर्चा गर्दैछौं, जसको नाम हो, ‘लाइभ क्रिकेट टिभी स्ट्रिमिङ’ (Live Cricket TV Streaming) ।

यो एप प्ले स्टोरमा निःशुल्क डाउनलोड गर्न सकिन्छ । एन्ड्रोइड फोनमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एप डाउनलोड भइसकेपछि तपाईंले छुट्टै अकाउन्ट बनाउनुपर्ने वा लगईन गर्नुपर्ने झन्झट यसमा छैन ।

मोबाइलमा एप डाउनलोड भइसकेपछि देखिने नयाँ स्क्रिनमा Watch, Share, Rate र More अप्सन देख्न सक्नुहुनेछ । यसमध्ये ‘Watch’ अप्सन ट्याप गर्नुहोस् ।

यसपछि आउने स्क्रिनमा एक नम्बरमा Exclusive T20 World Cup र दुई नम्बरमा Ten Sports Live को अप्सन देख्नुहुनेछ ।

विश्वकप क्रिकेट हेर्न एक नम्बर अप्सनमा ट्याप गर्नुहोस् । यसपछि दुई वटा लाइभ लिंकमध्ये एक क्लिक गर्नुहोस् । अब तपाईंले विश्वकप क्रिकेटको खेल मोबाइलकै स्क्रिनमा हेर्न सक्नुहुनेछ ।

यो निःशुल्क एप भएकाले पक्कै यसमा केही एड (विज्ञापन) आउँछन्, तर एडमा क्लिक नगरिकन तपाईंले निर्वाध खेल हेर्ने सुविधा पाउनुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१