close

भक्सवागनले प्रस्तुत गर्‍यो इलेक्ट्रिक एसयूभी, सिङ्गल चार्जमा ५१५ किमि गुड्ने

टेकपाना टेकपाना

कात्तिक १८, २०७८ १५:१६

भक्सवागनले प्रस्तुत गर्‍यो इलेक्ट्रिक एसयूभी, सिङ्गल चार्जमा ५१५ किमि गुड्ने

काठमाडौं । कार निर्माता कम्पनी भक्सवागनले नयाँ इलेक्ट्रिक एसयूभी आईडी फाइभ प्रस्तुत गरेको छ । कम्पनीले आफ्नो ल्यान्डमार्क आईडी ४ इलेक्ट्रिक एसयूभीको स्पोर्टी भर्सनको रुपमा यो नयाँ कार बाहिर ल्याएको हो ।

कम्पनीले सन् २०३५ सम्म पेट्रोलियम इन्जिनका गाडीहरूको उत्पादन बन्द गर्ने लक्ष्य लिएको छ । त्यसै उद्देश्य अनुरूप भक्सवागनले आफ्नो आईडी परिवारमा यो नयाँ मोडेल थपेको हो ।

भक्सवागनले आफ्नो नयाँ विद्युतीय सवारीसाधनको रुपमा दुई ओटा भर्सन ल्याइरहेको छ । जसमा इन्ट्री-लेभल आईडी फाइभ र थप प्रिमियम आईडी फाइभ जीटीएक्स रहेका छन् ।

दुवैमा दुई ओटा इलेक्ट्रिक मोटर र पछाडि भागमा एक्सेल छ । इन्ट्री-लेभल आईडी फाइभमा १७४ हर्सपावर क्षमताको सिङ्गल रेयर-ह्विल-ड्राइभ मोटर र ७७ किलोवाटआवर ब्याट्री प्याक हुनेछ ।

सैद्धान्तिक तवरमा यसले ३२० माइल अर्थात ५१५ किलोमिटरको रेञ्ज दिनेछ । यद्यपि भक्सवागनले आधिकारिक रुपमा आईडी फाइभको अनुमानित रेञ्ज सार्वजनिक गर्न बाँकी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५