close

टाइप-सी पोर्ट भएको विश्वकै पहिलो आईफोन बिक्रीमा, मूल्य ६० लाख !

टेकपाना टेकपाना

कात्तिक १८, २०७८ १४:२८

टाइप-सी पोर्ट भएको विश्वकै पहिलो आईफोन बिक्रीमा, मूल्य ६० लाख !

काठमाडौं । अघिल्लो महिना स्विट्जरल्याण्डका रोबोटिक्सका विद्यार्थी केन पिलोनेलले ‘आईफोन एक्स’ मा यूएसबी-सी चार्जर सेट गरेर काम गरेको भिडिओ सार्वजनिक गरेका थिए ।

सोही खालको आईफोन यतिबेला ईबेमा बिक्रीमा राखिएको छ । विश्वकै पहिलो टाईप-सी युक्त स्मार्टफोन भन्दै बिक्रीमा राखिएको उक्त आईफोन तपाईंले पनि खरिद गर्न सक्नुहुनेछ ।

यो समाचार तयार पार्दासम्म यसको मूल्य ५१ हजार ३०० अमेरिकी डलर अर्थात मूल्य ६० लाख रुपैयाँभन्दा बढी पुगिसकेको छ । भने, यसमा हालसम्म १२२ जनाले किन्न चाहेको भन्दै बोलकबोलमा सहभागी भएका छन् ।

आईफोन एक्समा टाइप-सी चार्जर राखेर बिक्रीमा राखिएको उक्त फोनमा ६४ जीबी रोम रहेको छ । कालो रङकाे साे फोनको बक्स उपलब्ध भएता पनि त्यसमा अन्य एक्सेसरिज भने कुनै उपलब्ध छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५