close

टेस्लालाई टक्कर दिन चिनियाँ कम्पनीले गाडीमै फिट गर्‍यो किचेन, बेड र ट्वाइलेट

टेकपाना टेकपाना

कात्तिक २६, २०७८ १८:१०

टेस्लालाई टक्कर दिन चिनियाँ कम्पनीले गाडीमै फिट गर्‍यो किचेन, बेड र ट्वाइलेट

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी गिलीले नयाँ सेमी इलेक्ट्रिक ट्रक होमट्रक प्रस्तुत गरेको छ । गिलीको व्यवसायिक सवारी साधन उत्पादन गर्ने ग्रुप फेज्रोन अटोले सन् २०२४ मा यसलाई रोलआउट गर्ने योजना बनाइरहेको छ ।

यो सेमी ट्रकको घोषणा यस्तो समयमा भएको छ कि टेस्लाको यस्तै किसिमको सवारी टेस्ला सेमीको उत्पादनमा ढिलाई भइरहेको छ । जसलाई सन् २०१७ मा सार्वजनिक गर्ने कार्यतालिका रहेको थियो ।

मर्सिडिज र वारेन बफेट समेतको सहयोग रहेको बीवाईडीले समेत आफ्नो इलेक्ट्रिक ट्रकको घोषणा गरेको छ । होमट्रकमा दुई ओटा पावर अप्सन हुनेछन् ।

यसको अर्थ यो ट्रकलाई मिथानोल हाइब्रिड तथा विशुद्ध इलेक्ट्रिक इन्धनबाट चलाउन सकिनेछ । मिथानोलबाट चल्ने ब्याट्री एउटा यस्तो प्रविधि हो, जसमा गिलीले केही वर्षदेखि लगानी गर्दै आइरहेको थियो ।

कम्पनीले आफ्ना केही मोडेलमा यो पावर अप्सन समेत दिइरहेको छ । कम्पनीका अनुसार होमट्रकको ब्याट्रीलाई स्वाइप समेत गर्न सकिन्छ । जसबाट चार्जिङका लागि पर्खिनुपर्ने झन्झट समेत रहँदैन ।

ट्रकको भित्री सुविधाको कुरा गर्ने हो भने त्यसमा सावर तथा ट्वाइलेट, सिङ्गल बेड, रेफ्रिजेरेटर, किचन एरिया तथा एउटा सानो वासिङ मसिन समेत राखिएको छ । कम्पनीले यस सम्बन्धी एउटा भिडिओ युट्युवमा समेत शेयर गरेको छ ।

होमट्रकलाई अटोनोमस अर्थात स्वचालित ड्राइभिङलाई समेत ध्यानमा राखेर बनाइएको छ । यो ट्रकमा अटोनोमस ड्राइभर-लेस (चालक रहित) फिचर हो । यी सवारीमा एक अर्कासँग सञ्चार गर्ने क्षमता समेत रहेको छ ।

ता कि यसबाट स्पिड तथा दूरी कायम गर्न सकिन्छ । गिली कमर्शल भेहिकल ग्रुपका सीईओ माइक फ्यानले एक मिडिया कुराकानीमा भनेका छन् कि कम्पनीले सन् २०२३ सम्म तीन चरणमा अटोनोमस ड्राइभिङ सुरु गर्ने योजना बनाएको छ ।

कम्पनीले सन् २०२६ सम्म अत्याधुनिक सिस्टमका साथ केही आंशिक ड्राइभरलेस फिचर उपलब्ध गराउने आकांक्षा राखेको छ । हुन त यस्ता चर्चाहरू पनि छन् कि यो कम्पनीले ह्वावेको हार्मोनी अपरेटिङ सिस्टमलाई आफ्नो गाडीमा इन्टिग्रेट गर्नका लागि सहकार्य गर्नेछ ।

विश्वभर चिप अभावका कारण होमट्रकको उत्पादनमा समेत असर पर्नसक्ने देखिन्छ । यद्यपि कम्पनीले यो समस्या तात्कालीक मात्र हुने विश्वास व्यक्त गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२