काठमाडौं । साओमीको फ्ल्यागशिप फोन ‘साओमी १२’ सिरिजका स्मार्टफोनबारे विभिन्न हल्ला बजारमा आइरहेका छन् । यसअन्तर्गत साओमी १२ सिरिजका भ्यानिला १२, १२ प्रो र १२ अल्ट्रा फोन सार्वजनिक हुने अनुमान गरिएको छ ।
तर पछिल्लो चर्चालाई हेर्ने हो भने कम्पनीले साओमी १२ सिरिजमा मिनी भर्सनलाई पनि थप गर्न लागेको कुरा बाहिरिएको छ । बहुचर्चित विबो लिकरले साओमी १२ सिरिजका फोनमा स्क्रिन साइज सानो भएको फोन पनि उपलब्ध हुने तथ्य सार्वजनिक गरेको छ ।
हुन त धेरै प्रयोगकर्ताले स्मार्टफोनमा ठूलो स्क्रिन नै रुचाउँछन् । यद्यपि अझै पनि केही प्रयोगकर्ता सानो स्क्रिन नै मन पराउँछन् । साओमीको सानो स्क्रिन भएको यो फ्ल्यागशिप फोनको स्क्रिन ६.३ ईन्चको हुने अनुमान गरिएको छ ।
यसलाई ‘एल थ्री’ (L3) कोड नाम दिइएको छ । केहीले भने साओमी १२ मिनी आईफोन मिनीबाट प्रभावित भएको तर्क पनि दिएका छन् ।