काठमाडौं । टेकपानाले तिहार र छठ पर्वलाई लक्षित गरी आयोजना गरेको फेस्टिभ गिभअवेको नतिजा घोषणा गरेको छ । यसपटक टेकपानाले दुई मोडलका स्मार्टफोन गिभअवे गरेको थियो ।
यसअन्तर्गत रियलमी सी२१ वाई (Realme C21Y) मंगललक्ष्मी प्रजापति र रियलमी ८आई (Realme 8i) प्रकाश राजवंशीले जित्न सफल भएका छन् ।
गिभअवे जित्न सफल विजेताले शुक्रबारसम्म टेकपानाको ईमेल ठेगाना [email protected] मा नाम, ठेगाना, सम्पर्क नम्बर र फेसबुक अकाउन्टको लिङ्क ईमेल गर्नुपर्नेछ ।
यसअघि पनि टेकपानाले आफ्नो वार्षिकोत्सवको अवसर पारी गिभअवे आयोजना गरेको थियो ।