close

प्रयोगकर्ताको जानकारी दुरुपयोग गरेको भन्दै एप्पल र गुगललाई दुई अर्ब ७० करोड जरिवाना

टेकपाना टेकपाना

मंसिर १२, २०७८ १५:४०

प्रयोगकर्ताको जानकारी दुरुपयोग गरेको भन्दै एप्पल र गुगललाई दुई अर्ब ७० करोड जरिवाना

काठमाडौं । इटालीले एप्पल र गुगललाई दुई अर्ब ७० करोड भन्दा बढी जरिवाना गरेको छ । बजारमा हुने प्रतिस्पर्धाको निगरानी गर्ने इटालीको नियामक  निकायले गुगल तथा एप्पलले आफ्ना ग्राहकको व्यक्तिगत डेटा दूरुपयोग गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको हो ।

नियामकले दुबै कम्पनीलाई समान ११.२ मिलियन डलर जरिवाना तोकेको छ । विश्वका ठूला टेक कम्पनीका रुपमा रहका यी दुई कम्पनीले ग्राहकको व्यक्तिगत डेटा उनीहरूको अनुमति बिना व्यवसायीक प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको हो ।

त्यो सँगै नियामकले यो उपभोक्ता संहिता विरुद्ध भएको भन्दै कारबाही गरेको हो । नियामकका अनुसार गुगल तथा एप्पल प्रयोगकर्ताको जानकारीको दुरुपयोग गरि त्यसबाट आर्थिक लाभ लिइरहेको समेत पाइएको छ ।

तर, गुगल र एप्पलले भने नियामक उक्त आरोपमा कुनै सत्यता नभएको बताएका छन् । उनीहरूले प्रयोगकर्ताको डेटा माथि कुनै दूरुपयोग नभएको दावी गर्दै उक्त निर्णय विरुद्ध मुद्दा दायर गर्ने समेत बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२