close

डिसेम्बरदेखि सुरु हुँदै ‘नेपाल एआई हिउँदे पाठशाला’

टेकपाना टेकपाना

मंसिर १३, २०७८ १०:२४

डिसेम्बरदेखि सुरु हुँदै ‘नेपाल एआई हिउँदे पाठशाला’

काठमाडौं । नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (Nepal Applied Mathematics and Informatics Institute for Research (NAAMII-नामी) ले  ११ दिने नेपाल एआई हिउँदे पाठशाला आयोजना गर्ने भएको छ । नामीले डिसेम्बर २० देखि ३० सम्म काठमाडौंमा नेपाल एआईमा हिउँदे पाठशालाको तेश्रो संस्करण आयोजना गर्ने भएको हो । 

आयोजकले कार्यक्रममा सहभागी हुन चाहनेबाट आवेदन मागेको छ । कार्यक्रमले विश्व प्रसिद्ध वैज्ञानिकहरू, विश्वका केही प्रमुख विश्वविद्यालय तथा अनुसन्धान संस्थानहरूमा काम गर्ने प्राध्यापकहरू र अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा ल्याउने बताइएको छ ।

नामीका अनुसार यस वर्ष हिउँदे पाठशाला भर्चुअल र भौतिक दुवै स्वरूपमा आयोजना हुनेछ । दैनिक गतिविधिहरू र जटिल अनुसन्धान वातावरणमा प्रयोग हुने विभिन्न एआई प्रविधिहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नको लागि नामीले २०७५ सालदेखि नै नेपाल एआई हिउँदे पाठशाला आयोजना गर्दै आएको छ ।

कार्यक्रम अन्तर्गत आर्टिफिसिएल न्युरल नेटवर्क,  न्याचुरल ल्याङ्वेज प्रोसेसिङ, कम्प्युटर भिजन, सेमी-सुपरभाइज्ड र अन-सुपरभाइज्ड लर्निङ जस्ता विषयहरूको बारेमा विस्तृत रुपमा पढाई हुनेछ। हिउँदे पाठशालामा विश्वस्तरीय विशेषज्ञको समूहले पारेको पाठ्यक्रमहरू तथा प्रयोगशाला सत्रहरू र वैज्ञानिक पेपर पठन/लेखन सत्रहरूको कक्षा सञ्चालन हुने नामीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२