काठमाडौं । अनलाइन बजार दराजले सन् २०२१ को अन्तिम सेल अभियान दराज १२.१२ सुरु गरेको छ । यो सेल अभियानमा दराजले विशेष छुट, चार हजार रुपैयाँको मेगा भौचर र बैंक कार्डमार्फत १० प्रतिशत (अधिकतम दुई हजार रुपैयाँ) छुटसहित विभिन्न गिफ्ट र गेमको योजना ल्याएको छ ।
यस अभियानमा सनराइज बैंक, एनएमबि बैंक, बैंक अफ काठमाडौँ, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड प्रयोगकर्ताले क्रेडिट कार्डमार्फत १० प्रतिशत (अधिकतम दुई हजार रुपैयाँ) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, ग्राहकले अभियान अवधिभर आफ्नो ईसेवा र आईएमई-पे वालेट मार्फत भुक्तानी गर्दा सीमित समयभित्र १० प्रतिशत (अधिकतम पाँच सय रुपैयाँ) सम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।
यस वर्षको १२.१२ मा फिलिप्स, सामसङ, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरै ब्राण्डका उत्पादनमा ६० प्रतिशतसम्मको छुट रहेको कम्पनीले जनाएको छ ।
यसबाहेक ग्राहकले फ्याशन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू जस्ता विभिन्न क्याटेगाेरीका १३ लाखभन्दा बढी उत्पादनमा पनि विशेष डिल र अफर पनि प्राप्त गर्न सक्नेछन् ।
अभियानको अतिरिक्त हाइलाइटमध्ये हेको छ, एक खेल एक रुपैयाँ । यसमा ग्राहकहरूले केवल एक रुपैयाँमा श्री बालाजीको हिराको टप, एन्या गितार, रियलमी नार्जो, हाई ग्राउण्ड एडभेन्चर जिपलाइन र बन्जी, वर्ल्डलिंक ३०० एमबपीएसको १२ महिना टिभी र इन्टरनेट जस्ता पुरस्कार जित्ने मौका पाउनेछन् ।
यो खेलमा सहभागी हुनका लागि ग्राहकले डेबिट/क्रेडिट कार्ड वा आईएमई-पे मार्फत रु १ भुक्तानी गर्नुपर्छ ।
त्यस्तै, नयाँ दराज प्रयोगकर्ताले १२.१२ मा किनमेल गरे बापत रियलमी ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् । केवल दराजमा साइन अप गरी दराजमा आफ्नो पहिलो अर्डर राखे बापत प्रयोगकर्ता स्मार्टफोन जित्न योग्य हुनेछन् ।
त्यस्तै १२.१२ मा किनमेल गर्ने ग्राहकले मेगा-गिभ अवे अन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० केजी वाशिङ मेसिन जित्ने मौका पाउनेछन् ।