close

के हो वाई-फाई हट्स्पट ?

टेकपाना टेकपाना

पुस २, २०७८ ९:७

के हो वाई-फाई हट्स्पट ?

काठमाडौं । वाई-फाई हट्स्पट इन्टरनेट एक्सेस प्वाइन्टहरु हुन्, जसले तपाईं घर वा अफिस नेटवर्कबाट टाढा हुँदा तपाईंको कम्प्युटर, स्मार्टफोन वा अर्को उपकरण प्रयोग गरी वाई-फाई नेटवर्कमा जडान गर्न अनुमति दिन्छ ।

वाई-फाई हट्स्पटले तपाईंलाई फोन, कम्प्युटर, ट्याब्लेट र अन्य वाई-फाई इनेबल डिभाइसहरुमा इन्टरनेट पहुँचका लागि सेलुलर प्रदायकबाट वायरलेस डेटा प्रयोग गर्दछ ।

मोबाइल हट्स्पटले सामान्यतया फोरजी एलटीई वायरलेस टेक्नोलोजीमा जडान दिने गर्छ । केही नयाँ मोबाइल हटस्पटहरूमा फाइभजी क्षमता छ, जसले ५० एमबीपीएसदेखि १००० एमबीपीएससम्मको सम्मको गति दिन सक्छन् ।

हटस्पटहरू सेलुलर सेवाबिना काम गर्दैनन् । हटस्पटहरूलाई वाई-फाई सिग्नल सिर्जना गर्न सेलुलर सेवा चाहिन्छ ।

वाई-फाई हट्स्पटका प्रकार

पब्लिक वाई-फाई हट्स्पट
पब्लिक हटस्पटहरू सामान्यतया, प्रयोग गर्न निःशुल्क नै हुन्छ । सहरका मुख्य चोक, कफी शप, लाइब्रेरी, डिपार्टमेन्टल स्टोर लगायतका ठाउँमा निःशुल्क पब्लिक वाई-फाई जडान गरिएको पाइन्छ ।

नेपालमा पनि वर्ल्डलिंकलगायतका केही इन्टरनेट सेवाप्रदायकहरुले विभिन्न ठाउँमा पब्लिक वाई-फाई उपलब्ध गराएका छन् ।

यी सामान्यतया निःशुल्क हुन्छन्, तर होटल र एयरपोर्टजस्ता केही क्षेत्रमा, तपाईंले सार्वजनिक वाई-फाई हटस्पट पहुँच गर्न पैसा तिर्नुपर्ने पनि हुन सक्छ ।

मोबाइल वाई-फाई हट्स्पट

आईफोन वा धेरै एन्ड्रोइड स्मार्टफोनहरू वाई-फाई हट्स्पटको रूपमा प्रयोग गर्न सकिन्छ । यो सुविधा सुचारु गरेपछि तपाईंको फोनले वाई-फाई हट्स्पट क्रिएट गर्न यसको सेलुलर डेटा प्रयोग गर्दछ ।

त्यसपछि तपाईं इन्टरनेट पहुँच गर्न यो हटस्पटमा कम्प्युटर वा अन्य उपकरण जडान गर्न सक्नुहुन्छ ।

कामको लागि धेरै यात्रा गर्ने वा भरपर्दो वाई-फाई जडान चाहिने व्यक्तिहरुले सेलफोन कम्पनीहरूबाट परपस (ब्युल्ट मोबाइल हट्स्पट पनि खरिद गर्छन।

प्रिपेड हट्स्पट

प्रिपेड वाई-फाई हटस्पटहरू मोबाइल हटस्पटहरू जस्तै छन्, तर तपाईंले यसमा कति डेटा पठाउने भन्ने सीमा राख्न सक्नुहुन्छ । तपाईंले डेटाको एक सेट रकमको लागि प्रि-पेमेन्ट गर्नुहुन्छ, र त्यसपछि जब त्यो डेटा समाप्त हुन्छ, तपाईंले थप डेटाको लागि पुनः भुक्तानी गर्नुपर्छ ।

के वाई-फाई हट्स्पटहरू सुरक्षित छन् त ?

निजी वाई-फाई हटस्पटहरू, जस्तै मोबाइल हटस्पट र प्रि-पेड हटस्पट, पूर्णरूपमा सुरक्षित छन् । पब्लिक हटस्पटहरु भने त्यति सुरक्षित मानिँदैन ।

पब्लिक वाई-फाई हट्स्पट्मा व्यक्तिगत डेटा चोरी हुने सम्भावना रहन्छ । यसकारण यस्ताे हट्स्पटमा शपिङ साइटहरूमा चेक आउट (भुक्तानी जानकारी प्रदान गर्ने), बैंकिङ एपहरू प्रयोग गर्ने, वा मेडिकल रेकर्डहरू हेर्ने काम नगर्नु नै राम्राे मानिन्छ । अन्य गतिविधिहरू जस्तै वेब ब्राउजिङ, ईमेल जाँच र साेसल मिडिया प्रयोग गर्न भने पब्लिक वाई-फाई हटस्पटहरू सुरक्षित नै मानिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२