close

क्लाउड कम्प्युटिङ विषयमा नेपालमै अन्तर्राष्ट्रिय डिग्री

टेकपाना टेकपाना

पुस १०, २०७८ ११:३८

क्लाउड कम्प्युटिङ विषयमा नेपालमै अन्तर्राष्ट्रिय डिग्री

काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपालमै पहिलोपटक ‘बीएससी ईन क्लाउड कम्प्युटिङ’ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । बिहीवार एक कार्यक्रम गर्दै कलेजले यो कोर्षका लागि भर्ना कार्यक्रम सुरू भएको घोषणा गरेको छ ।

जनवरी १४ देखि औपचारिक रूपमा कक्षा सञ्चालन गरिने कलेजका अध्यक्ष पंकज जलानले जानकारी दिए । क्लाउड कम्प्युटिङ विषयलाई नेपालमा ल्याउन बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गरिएको हाे ।

यसअन्तर्गत विद्यार्थीले क्लाउड कम्प्युटिङमा सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्नेछन् । क्लाउड कम्प्युटिङमा दक्ष जनशक्ति उत्पादन गर्न र अवसर उपलब्ध गराउन को कोर्ष सुरू गरिएको जलानले बताए ।

‘यस क्षेत्रमा अवसर छ, कति हासिल गर्ने भन्ने त विद्यार्थीको क्षमतामा निर्भर हुन्छ,’ उनले भने ।

नेपाली विद्यार्थीले स्वदेशमै बसेर अन्तर्राष्ट्रिय बजारमा समेत काम गर्न सकुन् भन्ने लक्ष्यसहित यो कोर्ष सञ्चालनमा ल्याइएको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२