काठमाडौं । असुसले हालै रग राउटरको रुपमा ‘जीटी-एएक्सई१६००’ सार्वजनिक गरेको छ । कम्पनीले विश्वकै पहिलो क्वाड-ब्याण्ड वाई-फाई सिक्स ई गेमिङ राउटरको रुपमा यसलाई विश्व बजारमा भित्र्याएको दावी गरेको छ ।
हुन त यसअघि गएको अक्टोबरमा मात्रै नेटगियरले क्वाड ब्याण्ड अर्बी सिस्टमयुक्त राउटर सार्वजनिक गरेको थियो । तर, गेमिङको हिसाबले भने पक्कै पनि असुसको राउटरलाई विश्वकै पहिलो मान्न सकिन्छ । जुन मेस सिस्टमको तुलनामा निकै सस्तो रहेको दावी गरिएको छ ।
राउटरको नाम ‘क्वार्ड–ब्याण्ड राउटर’ अनुसार नै यसले चारओटा ब्याण्ड सपोर्ट गर्ने जनाइएको छ । जसमा २.४ गिगाहर्ज, दुईओटा ५ गिगाहर्ज र सिक्स गिगाहर्ज गरी कूल चारओटा ब्याण्ड सपोर्ट रहनेछ ।
जसले समग्रमा १६ जीबीपीएससम्मको थु्रपुट दिने जनाइएको छ । त्यसमा ठूला ब्याण्ड अर्थात् फाइभ र सिक्स गिगाहर्ज हरेकले ४,८०५ एमबीपीएससम्म स्पिड उपलब्ध गराउने जनाइएको छ ।
त्यस्तै २.४ गिगाहर्ज ब्याण्डले १,१४८ एमबीपीएससम्म स्पिड फाल्नसक्ने जनाइएको छ । मार्च महिनाको अन्त्यबाट बजारमा उपलब्ध हुने यो राउटरको मूल्य ६४९ अमेरिकी डलर रहेको जनाइएको छ । जुन नेटगियर राउटरको तुलनमा निकै सस्तो हो ।
नेटगियरले बजारमा ल्याएको राउटरको मूल्य १५ सय अमेरिकी डलर छ ।