close

२२ जीबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन आउँदै, यस्ता छन् सम्भावित फिचर

टेकपाना टेकपाना

माघ ११, २०७८ १६:४

२२ जीबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन आउँदै, यस्ता छन् सम्भावित फिचर

स्मार्टफोनप्रतिको हाम्रो अपेक्षा बढ्दै गएसँगै स्मार्टफोन पनि लगातार रुपमा झन भन्दा झन शक्तिशाली रुपमा आउन थालेका छन् । आज हामी तपाईँलाई एउटा यस्तो स्मार्टफोनको बारेमा बताउँदै छौँ, जसमा तपाईँले २२ जीबीसम्मको र्‍याम पाउन सक्नुहुनेछ ।

यस बाहेक फोनमा ६४० जीबी इन्टरनल मेमोरी हुनेछ । यो फोन प्रविधिको दिग्गज कम्पनी लेनोभोले ल्याउने तयारी थालेको हो । रिपोर्टअनुसार लेनोभो लेजियन वाई नाइन्टीको स्पेसिफिकेसनको कुरा गर्ने हो भने यसमा ६.९२ इन्चको ईफोर एमोलेड डिस्प्ले प्यानल रहनेछ ।

जुन १४४ हर्ज रिफ्रेश रेटको साथमा आउनेछ । साथै यसमा टच स्याम्पलिमङ रेट ७२० हर्ज सम्म हुनेछ । जसको सहयोगमा यसमा निकै स्मुथ तथा नरम अनुभूति गर्न सकिनेछ ।

लेनोभो लेजियन वाई नाइनको क्यामेरा सेटअपको कुरा गर्ने हो भने यसको पछाडि भागमा दुई ओटा क्यामेरा हुनेछन् । जसमा एउटा ६४ मेगापिक्सेलको र अर्को १६ मेगापिक्सेलको रहनेछ ।

सेल्फी तथा भिडिओ कलिङका लागि फोनमा ४४ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहनेछ । यद्यपि यी सबै स्पेसिफिकेसनको पुस्टि कम्पनीले भने गरेको छैन ।

यो फोनमा प्रोसेसरको रुपमा क्वालकमको शक्तिशाली तथा प्रिमियम चिपसेट स्न्यापड्रागन एट जेन वान रहनेछ । फोनमा ५६०० एमएएच क्षमताको ब्याट्री र फास्ट चार्जिङ समेत रहने अपेक्षा गरिएको छ ।

जसमा ६५ वाट फास्ट चार्जरको सपोर्ट रहने रिपोर्टमा उल्लेख छ । फोनमा डुअल एक्स एक्सिस मोटर दिइएको छ । कुलिङका लागि फोनमा फ्रस्ट ब्लेड ३.० सिस्टम राखिएको छ ।

गेमिङका लागि फोनमा छ ओटा डेडिकेटेड बटन समेत हुनेछन् । यो फोनको कुल तौल २६८ ग्राम हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२