काठमाडौं । लोकेसन अफ गर्दा पनि प्रयोगकर्तालाई ट्रयाक गरेको भन्दै गुगलमाथि मुद्दा दायर भएको छ । अमेरिकाका तीन राज्यका महान्यायधिवक्ता र डिस्ट्रिक्ट अफ काेलम्बियाले हालै गुगल विरुद्ध मुद्दा दायर गर्दै यस्तो आरोप लगाएका हुन् ।
गुगलले एन्ड्राेइड डिभाइसमा लोकेसन शेयर गर्ने/नगर्ने भन्ने कुरा प्रयोगकर्तामा निर्भर रहने बताउँदै आएको छ । तर लोकेसन शेयरिङ अफ गर्दा पनि गुगलले प्रयोगकर्तालाई ट्रयाक गर्ने र डेटा संकलन गरी कम्पनीले दुरूपयोग गर्ने गरेको आरोप लागको छ ।
कम्पनीले आफ्नो व्यापार बढाउन प्रयोगकर्ताको डेटा संकलन गर्ने गरेको र सोही डेटाका आधारमा प्रयोगकर्तालाई विज्ञापन देखाउने गरेको मुद्दामा उल्लेख छ ।
साथै यस्ता गतिविधिलाई लुकाउन गुगलले ठूलो रकम खर्चिरहेको आरोप पनि लागेको छ । यता गुगलले भने आफू प्रयोगकर्ताको गोपनीयता र सुरक्षाप्रति संवेदनशील भएको दाबी गर्दै आएको छ ।